१३ स्रष्टालाई त्रिमूर्ति पुरस्कार
काठमाडौं/ त्रिमूर्ति निकेतनले शुक्रबार राजधानीमा एक समारोहका माझ नवौं त्रिमूर्ति दिवस
मनायो । त्यस अवसरमा प्रमुख अतिथि नेपाली साहित्यका विश्व नारी रत्न
डा.वानीरा गिरी, सत्यमोहन जोशी र उषा शेरचनले १३ जना महानुभावलाई पुरस्कार
प्रदान गर्नुभयो ।
यस वर्ष श्रीहरि फुयाँल लेखनाथ पौड्याल
पुरस्कार, सरुभक्त श्रेष्ठ बालकृष्ण सम पुरस्कार र मञ्जु काँचुली देवकोटा
काव्य पुरस्कारबाट पुरस्कृत हुनुभयो ।
साथै नेपाली भाषासाहित्यको
श्रीवृद्धिका लागि प्रत्यक्ष तथा परोक्ष रूपमा क्रियाशील भई विशिष्ट योगदान
गर्नुहुने २००० साल पूर्व जन्मेका १० जना स्रष्टालाई 'त्रिमूर्ति
पुरस्कार' प्रदान गरियो ।
'त्रिमूर्ति पुरस्कार'बाट पुरस्कृत हुनेहरू अजम्बरध्वज खाती (रुपन्देही),
कमल जङ्गली (झापा), काशीनाथ जोशी (कैलाली), केदार शर्मा ढकाल (स्याङ्जा),
डा.गङ्गाप्रसाद अकेला (धनुषा), चारुशीला मिश्र (काठमाडौं), वासुदेव ढकाल
(काठमाडौं), वेदराज पन्त (लम्जुङ), सिद्धिकर्ण शर्मा धिमाल (सुनसरी) र
सीतादेवी रिमाल (काठमाडौं) हुनुहुन्छ । ताम्रपत्रसहित यी सबै पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन् ।
समारोहमा पुरस्कृत स्रष्टाहरुले नरेन्द्रराज प्रसाईद्वारा लिखित
'विश्व नारी रत्नः वानीरा गिरी' नामक कृतिको सामूहिक लोकार्पण गर्नुभयो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा
सञ्चालित उक्त समारोहमा प्रमुख अतिथि नेपाली साहित्यका विश्व नारी रत्न
डा.वानीरा गिरी, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी,
बालकृष्ण सम फाउन्डेशनका संयोजक तथा विश्व नारी नेपाली साहित्य सम्मेलनका
अध्यक्ष प्रा.डा.गार्गी शर्मा, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक
प्रा. ठाकुर पराजुली, अन्तरर्ष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन
जोशी, यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले बोल्नुभएको थियो ।
प्रमुख अतिथि नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा
गिरीले इजरायलका लागि नेपाली साहित्यिक दूत दीप्स शाह, भियतनामका लागि
नेपाली साहित्यिक दूत इ.सन्ध्या रेग्मी, अमेरिकाका लागि नेपाली साहित्यिक
दूत भारती गौतम, प्रा.डा. अनिता ढुङ्गेल र स्रष्टा कल्पना गिरी भावुकलाई
खादा पहिर्याएर स्वागत तथा सम्मान गर्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनुभयो ।
यस वर्ष श्रीहरि फुयाँल लेखनाथ पौड्याल पुरस्कार, सरुभक्त श्रेष्ठ बालकृष्ण सम पुरस्कार र मञ्जु काँचुली देवकोटा काव्य पुरस्कारबाट पुरस्कृत हुनुभयो ।
साथै नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि प्रत्यक्ष तथा परोक्ष रूपमा क्रियाशील भई विशिष्ट योगदान गर्नुहुने २००० साल पूर्व जन्मेका १० जना स्रष्टालाई 'त्रिमूर्ति पुरस्कार' प्रदान गरियो ।
'त्रिमूर्ति पुरस्कार'बाट पुरस्कृत हुनेहरू अजम्बरध्वज खाती (रुपन्देही), कमल जङ्गली (झापा), काशीनाथ जोशी (कैलाली), केदार शर्मा ढकाल (स्याङ्जा), डा.गङ्गाप्रसाद अकेला (धनुषा), चारुशीला मिश्र (काठमाडौं), वासुदेव ढकाल (काठमाडौं), वेदराज पन्त (लम्जुङ), सिद्धिकर्ण शर्मा धिमाल (सुनसरी) र सीतादेवी रिमाल (काठमाडौं) हुनुहुन्छ । ताम्रपत्रसहित यी सबै पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन् ।
समारोहमा पुरस्कृत स्रष्टाहरुले नरेन्द्रराज प्रसाईद्वारा लिखित 'विश्व नारी रत्नः वानीरा गिरी' नामक कृतिको सामूहिक लोकार्पण गर्नुभयो । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा प्रमुख अतिथि नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरी, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक तथा विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्ष प्रा.डा.गार्गी शर्मा, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा. ठाकुर पराजुली, अन्तरर्ष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशी, यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले बोल्नुभएको थियो ।
प्रमुख अतिथि नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीले इजरायलका लागि नेपाली साहित्यिक दूत दीप्स शाह, भियतनामका लागि नेपाली साहित्यिक दूत इ.सन्ध्या रेग्मी, अमेरिकाका लागि नेपाली साहित्यिक दूत भारती गौतम, प्रा.डा. अनिता ढुङ्गेल र स्रष्टा कल्पना गिरी भावुकलाई खादा पहिर्याएर स्वागत तथा सम्मान गर्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनुभयो ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.