पछिल्ला सामग्री :
कक्षा १२ मा साढे ३८ प्रतिशत पास

काठमाडौं/ उच्च माध्यमिक शिक्षा परिषद्बाट सञ्चालित कक्षा १२ को परीक्षामा साढे ३८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

बुधबार सार्वजनिक भएको नतिजाअनुसार व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र विषयमा नियमिततर्फ दुई लाख आठ हजार सात सय एक सहभागी भएकामा ८० हजार ६ सय २० अर्थात् ३८ दशमलव ६३ प्रतिशत उत्तीर्ण भएका हुन् ।

नियमिततर्फ पाँच ‘विथहेल्ड’ र एक सय ५१ ‘एक्स्पेल्ड’ भएका छन् । आंशिकतर्फ एक लाख ३७ हजार सात सय चार सय १२ सहभागी भएकामा ४२ हजार पाँच सय ३८ अर्थात् ३० दशमलव ९६ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिकमा ११ जना विथहेल्ड र ५५ एक्सपेल्ड भएका छन् ।

परीक्षा सम्पन्न भएको साढे तीन महिनामा नतिजा सार्वजनिक भएको हो । कामु परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार २३ वैशाखमा कक्षा १२ को आंशिक परीक्षाको अनिवार्य अग्रेजी विषयको प्रश्न नेपालगन्ज कार्यालयबाट आउट भएका कारण नतिजा आउनमा ढिला भएको हो ।

IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.