पछिल्ला सामग्री :
‘कमजोरी समीक्षा गर्नूस्’

काठमाडौं/ अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफूले विगतमा गरेका कमीकमजोरीको समीक्षा गर्दै आउने दिनमा सुधारका काम थाल्न औद्योगिक प्रतिष्ठानहरूमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

औद्योगिक व्यवस्थापन लिमिटेडको २६औँ वार्षिकोत्सवमा उहाँले संस्थाको इतिहास अत्यन्त राम्रो भए पनि अहिले सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले औद्योगिक वातावरण सकारात्मक बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो ।

केही दिनभित्रै अध्यादेशबाट औद्योगिक विकास ऐन आउने र त्यसबाट उद्योगीहरू लगानीका लागि थप उत्साहित हुने उहाँको विश्वास छ । त्यस्तै उद्योग सचिव कृष्ण ज्ञवालीले माओवादी लडाकू बसेका चारवटा शिविरमा औद्योगिक व्यवस्थापन कार्यालय खोल्ने निर्णय भइसकेको जानकारी दिँदै केही दिनमै शिविरहरू मन्त्रालयको स्वामित्वमा आउने जानकारी दिनुभयो ।

यसैबीच अर्थमन्त्री कोइरालाले ऊर्जा र पूर्वाधार विकासमा लगानी बढाउन जापान सरकारसँग आग्रह गर्नुभएको छ । बिदाइ भेटका लागि अर्थ मन्त्रालय पुगेका नेपालस्थित जापानी राजदूत कुनियो ताकाहासीसँगको भेटमा अर्थमन्त्री कोइरालाले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा जापानी सहयोगको अपेक्षा गरेको प्रस्ट पार्नुभयो ।

जापानी सहयोगमा निर्मित काठमाडौ–भक्तपुर र बीपी राजमार्गले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै दाताहरूको सुझाबअनुसार सरकारले वित्तीय तथा आर्थिक व्यवस्थापन चुस्त बनाउन लागि परेको जानकारी दिनुभयो ।

भेटमा राजदूत ताकाहासीले नेपालमा सञ्चालित विकास कार्यक्रमहरू विभिन्न कारणले समयमै पूरा हुन नसकेको बताउदै त्यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.