‘जेल यात्रा भो लालुको’
एजेन्सी/ भारतको बिहार प्रान्तका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेको छ ।
राँचीको सिबिआई अदालतले राष्ट्रिय जनता दलका नेतासमेत रहेका यादवसहित अन्य ४४ जनालाई पनि दोषी ठहर गरेको छ । सन् १९९० को दशकमा करिब ३८ करोड रुपैयाँबराबरको भ्रष्टाचार गरेको अभियोगमा उनीहरूलाई दोषी ठहर गरिएको हो ।
दोषी ठहर हुनेमा यादवको मन्त्रीमण्डलमा सहभागीहरू पनि छन् । सजायको अन्तिम घोषणा भने आगामी अक्टोबर ३ मा हुने अदालतले जनाएको छ । पूर्वमुख्यमन्त्री यादवसहित अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रलाई पनि अदालतले चार वर्ष जेल सजाय सुनाउन सक्ने सिबिआईका वकिल अरविन्द सिंहले पत्रकारलाई बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.