पछिल्ला सामग्री :
चुनावी कार्यक्रम तीव्र बन्दै

काठमाडौं/ ४ मंसिरका लागि निर्धारित संविधानसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन १२४ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बिहान १० बजेबाट सुरु गरिएको निवेदन दर्ता सोमबार साँझ ५ बजेसम्म चालू थियो । कार्यालय बन्द हुनुअघिसम्म दर्ताका लागि आउने दलहरूको संख्या १२४ पुगेको आयोगले जनाएको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेलगायतका प्रमुख दलहरूले पनि आजै निवेदन दर्ता गराएका छन् ।

१३० वटा दल दर्ता भएको आयोगमा १२४ वटा दलले निवेदन दर्ता गराएपछि ६ वटा दल दर्ता भएका छैनन् । आज निवेदन दिएका दलहरूको सूची आयोगले मंगलबार प्रकाशन गर्ने छ भने सत्र गते निर्वाचन चिह्न दिनेछ । दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची १८ गते आयोगको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ । त्यस्तै, प्रत्यक्षतर्फ भने उम्मेदवारहरूले १७ गते मनोनयन दर्ता गराउनुपर्नेछ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.