पछिल्ला सामग्री :
कांग्रेसलाई जिताउन भारत प्रवास पनि सक्रिय (तस्वीरसहित)

नयाँदिल्ली/ नेपाली जनसम्पर्क समिति भारतले ४ मंसिरका लागि घोषित संविधानसभा निर्वाचनमा दरिलो सहभागिता जनाउन ५०१ सदस्यीय समिति गठन गरेको छ ।

हरियाणास्थित फतेहावादमा भारतभर रहेको समितिहरूको दुई दिने संयुक्त क्षेत्रीय अधिवेशनपछि अध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा क्षेत्रीय सभापति, पदाधिकारीलगायत तरूण, महिला, विद्यार्थी, मजदुरसम्बद्ध शाखाका प्रतिनिधि छन् ।

नेपाली कांग्रेसको भारतस्थित शाखाले समिति गठन गरेपछि यहाँका नेपालीहरूमा देशभित्रको चुनावका पक्षमा माहोल सिर्जना गर्ने उत्साह बढेको छ । समितिका सदस्यहरूले भारतभर रहेका लाखौँ नेपाली नागरिकलाई चुनावमा सहभागी भई मतदान गर्न प्रेरित गर्नुका साथै देशभित्र कांग्रेसलाई विजयी गराउन आ–आफ्नो क्षेत्रमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार भारत प्रवासमा नेपाली कांग्रेसको पक्षमा माहोल ह्वात्तै बढिसकेको र यसले आगामी चुनावमा असर पार्ने बताउनुभयो । नेपालको राजनीतिक परिवर्तनमा भारत प्रवासमा रहेका नेपालीहरूको निर्णायक भूमिका स्मरण गराउँदै देशको सबैजसो निर्वाचन क्षेत्रमा भारत प्रवासी नेपालीको मत निर्णायक हुने उल्लेख गर्नुभयो ।

संविधानसभा चुनावमा भारत प्रवासमा रहेका नेपालीहरूको समानुपातिकतर्फको सूचीमा नाम सिफारिस भएको र उनीहरू सबैलाई अन्तिम सूची हुँदै सभासद् बनाउनुपर्नेमा उहाँको जोड थियो । भारत प्रवासमा रहेको लाखौँ मतको सम्मान गर्न आग्रहसमेत गर्नुभयो । कार्यक्रममा जनसम्पर्क समिति भारतका क्षेत्रीय सभापति, पदाधिकारीलगायतले आगामी चुनावमा कांग्रेसको पक्षमा माहोल बनाउन आफूहरू दृढतापूर्वक लाग्ने स्पष्ट पार्नुभयो ।

IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.