पछिल्ला सामग्री :
पशुपतिका मूलभट्टले राजीनामा दिए

काठमाडौं\ पशुपति विकास कोषको मूलभट्ट महावलेश्वरले निजी कारणले राजीनामा दिनुभएकोछ। कोषको नियमावलीमा भट्ट तथा मूलभट्ट ६५ वर्ष पुगेपछि सेवानिवृत्त हुने प्रावधान भए पनि महावलेश्वरले व्यक्तिगत कारण दर्शाएर राजीनामा दिएको कोषका सदस्यसचिव गोविन्द टण्डनले जानकारी दिनुभयो।

भारतीय नागरिक महावलेश्वरले गत साउन ७ गते मूलभट्टबाट राजीनामा दिनु भएको थियो । राजीनामालाई पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवम् संस्कृतिमन्त्री रामकुमार श्रेष्ठ हुँदै कोषका संरक्षक तथा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले अन्तिम स्वीकृत गर्नुपर्ने प्रावधान छ ।नेपालको पशुपति मन्दिरमा लामो समयदेखि भारतीय नागरिक मूलभट्ट रहँदै आएका छन्।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.