सिरहातिर मोडिए प्रचण्ड
काठमाडौं/ एकीकृत माओवादी
अध्यक्ष पुष्पकमल दाहाल सिरहा ५ बाट पनि उठ्ने भएका छन् । यसअघि उनी
धनुषाबाट लडने भनिए पनि धनुषामा देखिएको अन्तरिक विवाद मिलाउन नसकेपछि
धनुषा–१ र ६ छोडेर सिरहा– पुगेका हुन्। यद्यपी उनी काठमाडौं १० बाट पनि उनी
उठ्ने भएका छन् ।
लाजिम्पाटस्थित अध्यक्ष दाहाल निवासमा बसेको केन्द्रीय कार्यालय र उम्मेदवार छनौट समितिको वैठकले सो निर्णय गरेको हो।
अध्यक्षले धनुषा छोडेर सिरहा–५ बाट र काठमाडौं–१० बाट निर्वाचन उम्मेदवारी दिने निर्णय भएको छ,ु बैठकमा सहभागी छनौट समिति सदस्य रामचन्द्र झाले भने, त्यसैगरी बाबुराम भट्टराई गोरखा–१ र रुपेन्देही–४ बाट उम्मेदवारी दिनु हुनेछ। उनका अनुसार पोष्टबहादुर बोगटी नुवाकोट –३ बाट उम्मेदवारी दिने औपचारिक निर्णय गरेको छ। नारायणकाजी श्रेष्ठको भने अझै पनि उम्मेदवारी टुंगो लागिसकेको छैन। श्रेष्ठका लागि बारा–६ र मकवानपुर–२ विकल्पका रुपमा राखिएको छ।
अध्यक्ष दाहालले सिरहा–५ रोजे लगत्तै
त्यहीबाट सिफारिसमा परेको मिथिला राज्य समिति इन्चार्ज विश्वानाथ साह र
नेकपा–माओवादीबाट गत बुधवार एमाओवादीमा फर्केका महेन्द्र पासवानको
प्रत्यक्षतर्फको सम्भावना सकिएको छ । धनुषा–१ मा मधेस ब्युरो इन्चार्ज
रामचन्द्र झा र मिथिला संयोजक श्रवण यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ।
अध्यक्ष दाहालले धनुषाबाटै उम्मेदवारी दिने घोषणा गरिए पनि झा र यादवबीच सहमति हुन नसक्दा उनी सिरहामा रोज्न वाध्य भएको बैठकमा सहभागी स्रोतले बतायो।
अध्यक्ष दाहालले धनुषाबाटै उम्मेदवारी दिने घोषणा गरिए पनि झा र यादवबीच सहमति हुन नसक्दा उनी सिरहामा रोज्न वाध्य भएको बैठकमा सहभागी स्रोतले बतायो।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.