पछिल्ला सामग्री :
‘योगदानका आधारमा उम्मेदवार चयन गरौँ’

काठमाडौं/ नेपाली कांग्रेस पाल्पाबाट सिफारिसमा परेका उम्मेदवारहरूले पाल्पाका तीनवटै निर्वाचन क्षेत्रबाट पार्टीलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली काग्रेस पाल्पा काठमाडौं सम्पर्क समितिले गरेको छलफल कार्यक्रममा नेताहरूले पार्टिले जसलाई उम्मेदवार तोकेपनि सवै क्षेत्रमा काग्रेसलाई विजयी वनाउन आफुहरूले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।

साथै उनिहरूले यसअघिको संविधानसभा निर्वाचनमा देखिएका कमि कमजोरीलाई हटाएर सवै एक जुट भएर निर्वाचनमा सामेल भएका २०४८ सालमाझै तिनवटै क्षेत्र आफ्नो कब्जामा पार्नुपर्नेमा वताएका थिए । साथै उनिहरूले पार्टिलाई गरेको योगदानका आधारमा उम्मेदवार चयन गर्ने संसदिय समितिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्रनम्वर २ वाट सिफारिस हुनु भएका उम्मेदवार राजन प्रसाद पन्तले अन्य दलले काग्रेसलाई लगाउने भ्रम चिर्नुपर्ने वताउनुभयो । गएको संविधानसभाले संविधान वनाउन नसक्नुको कारणका वारेमा जनतालाई जानकारी गराउनु जरुरी रहेको उहाँको भनाई थियो ।

त्यस्तै पार्टि सभापति तथा क्षेत्र नम्वर २ वाट सिफारीस हुनु भएका उम्मेदवार विर बहादुर रानाले पहिलाको तुलनामा पाल्पाका तिनवटै क्षेत्रमा नेपाली काग्रेसको अवस्था राम्रो रहेको जिकिर गर्दै अन्य पार्टिका युवाहरू काग्रेसमा प्रवेशको लहरले आफु उल्साहित भएको बताउनुभयो ।

कार्यक्रममा जिल्लावाट सिफारीसमा परेका उम्मेदवारहरू मध्ये कृष्ण अधिकारी, यमलाल तिमिल्सेना, नारायण कोईराला, कल्प पौडेल, दान वहादुर पछाई, राजेन्द्र गोपाल सिंह, रामेश्वर पन्थि, झपेन्द्र गहिरे, विजयराज घिमिरे, सिता देवकोटा, ज्ञान वहादुर गाहा, सन्तोष थापा, माधव नेपाल, भुषण राजलवट, विधान श्रेष्ठ, देवराज ढकाल, चकोरमान शाक्य, रुपा विकलगाएतले पार्टीले जसलाई उम्मेदवार बनाए पनि पार्टिका उम्मेदवारलाई जिताउन आफुहरूको तर्फवाट कुनै कसर बाँकि नराख्ने बताउनुभएको थियो ।

कार्यक्रममा सम्पर्क समितिकी सभापति केशमाया जोसीले उम्मेदवारले प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै काठमाडौं रहेका कांग्रेसका सुभचिन्तकलाई जिल्लामा गएर सक्रिय वनाउन आफुले पहल गर्ने वताउनुभयो । जिल्लाबाट पार्टिले सिफारीस गरेका प्रत्यक्ष र समानुपातिकका अधिंकास उम्मेदवारहरू अहिले केन्द्रमा रहेका छन् ।
शैलज नेपाल
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.