पछिल्ला सामग्री :
एमाओवादीद्वारा १२ पत्रकार सिफारिस

काठमाडौ/  एकीकृत नेकपा माओवादीले १२ जना पत्रकारको नाम संविधानसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

माओवादीको सूचना तथा सञ्चार व्यूरोको बैठकले क्रान्तिकारी पत्रकार संघका गोविन्द आचार्य, ओम शर्मा, दामोदर तिमिल्सिना, सचिन रोका, खिलबहादुर भण्डारी, विष्णु सापकोटा र मनऋषि धिताललाई सभासदको उम्मेदवारमा सिफारिस गरेको हो ।

यसैगरी बलराम थापा, चन्द्रमान श्रेष्ठ, संगीता खड्का, कल्पना विसुराल र अरुणा रायमाझीलाई पनि समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको छ । पत्रकार एवं पूर्व सभाषद विनोद पहाडीलाई पनि जिल्लाबाट सिफारिस गरिएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.