दशजनालाई त्रिमूर्ति पुरस्कार
काठमाडौ / नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि प्रत्यक्ष तथा परोक्षरुपमा क्रियाशील भई विशिष्ट योगदान गर्ने २००० सालअघि जन्मेका दश स्रस्टालाई ‘त्रिमूर्ति पुरस्कार’ अर्पण गर्ने निर्णय भएको छ ।
‘त्रिमूर्ति पुरस्कार’ बाट पुरस्कृत हुनेमा अजम्बरध्वज खाती (रुपन्देही), कमल जङ्गली (झापा), काशीनाथ जोशी (कैलाली), केदार शर्मा ढकाल (स्याङ्जा), डा गङ्गाप्रसाद अकेला (धनुषा), सीतादेवी रिमाल, चारुशिला मिश्र, वासुदेव ढकाल (काठमाडौँ), वेदराज पन्त (लम्जुङ) र सिद्धिकर्ण शर्मा धिमाल (सुनसरी) छन् ।
निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।ताम्रपत्रका साथ जनही रु दस हजार राशिका ती पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा असोज ११ गते काठमाडौँमा प्रदान गरिने निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । रासस

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.