पछिल्ला सामग्री :
हत्याआरोपी पक्राउपछि एमाओवादीमा छट्पटी

काठमाडौ/ एकीकृत नेकपा माओवादीले द्वन्द्वकालका मुद्ध ब्युँताएर सरकारले चुनावको वातावरण भाड्न खोजेको आरोप लगाएको छ ।

गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न पार्टी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ परेपछि माओवादीले आफ्ना सरकारलाई यस्तो आरोप लगाएको हो । यसका साथै एकीकृत माओवादीले आफ्ना कार्यकर्ताको धरपकड र गिरफ्तार रोक्न माग गरेको छ ।

पार्टी अध्यक्ष उपस्थितिमा भएको पत्रकार सम्मेलन तथा केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकपछि सरकारलाई गरिएको जानकारीका बाबजुद हिजोको गिरफ्तारीको घटनाले हाम्रो पार्टीलाई गम्भीर बनाएको छ’ एमाओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’

चुनावको वातावरण बन्दै गएका बेला यस्ता कार्यले कतै सरकार नै चुनाव भाँड्न लागेको त हैन भन्ने आशंका उत्पन्न भएको छ ।’ बिज्ञप्तीमा भनिएको छ । अधिकारीलाई रिहा गरी मुद्दा फिर्ता नगरे थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने माओवादीले चेतावनी दिएको छ ।

माओवादीले द्धन्द्धकालीन मुद्दाहरुलाई सम्बोधन गर्न यथाशीघ्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी समस्याका समग्र समाधान गर्न सरकारसँग माग समेत गरेको छ ।

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले गयराती रामप्रसादलाई पक्राउ गरेको थियो । कृष्णप्रसादको परिवारले रामप्रसादको नाममा किटानी जाहेरी दिएको थियो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.