पछिल्ला सामग्री :
भाउ बढेको टिकट एक घन्टामै फिनिस

काठमाडौ/  साफ च्याम्पियनसिप अन्तर्गत आज हुने नेपाल र अफगानीस्तानबीचको सेमीफाइनल खेलको टिकट बिक्री सुरु गरिएको  एक घन्टामै सकिएको छ ।

१८ हजार दर्शक क्षमता भएको रंगशालामा आइतबार हुने खेलको लागि एन्फाले बिहान ८ बजेदेखि टिकट बिक्री सुरु गरेको थियो । तर, ९ नबज्दै टिकट सकिएपछि धेरै दर्शक रित्तो हात फर्किए ।

टिकट किन्नको लागि दर्शकहरु ८ बज्नु अघि नै त्रिपुरेश्वर, थापाथली र सुन्धारानजिकै रहेको टिकट बिक्री केन्द्रमा आइपुगेका थिए ।

टिकट नपाएपछि दर्शकले रंगशाला वरपर नारावाजी समेत गरेका छन् । उनीहरुले टिकटको मूल्य बढाएकोमा आक्रोशसमेत व्यक्त गरे । प्रहरीको हस्तक्षेपपछि भीड तितरवितर भएको थियो ।

नेपाल सेमीफाइनल प्रवेश गरेलगेत्तै एन्फाले टिकटको मूल्य बढाएको थियो । लिग चरणमा सामान्य प्याराफिटतर्फ तीनसय र भीआईपी प्याराफिटको टिकट सात सयमा बिक्री गरिएको थियो । एन्फाले सेमीफाईनल र फाईनलको लागि भन्दै टिकट दर ५ सय र १ हजार रुपैयाँ बनाएको छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.