पछिल्ला सामग्री :
स्तनपानबाट असल ब्याक्टेरिया

काठमाडौ/ आमाको दूधमा बच्चाका लागि आवश्यक राम्रो ब्याक्टेरिया हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार, यो ब्याक्टेरियाले बच्चाको पाचनक्रियालाई ठीक राख्छ ।

इन्भारोमेन्टल माइक्रोबायलोजी जर्नलमा प्रकाशित अनुसन्धानअनुसार, बच्चाको पेट र प्रतिरोधक क्षमताका लागि आमाको दूध निकै लाभदायक हुन्छ । आमाको दूधमा भएको राम्रो ब्याक्टेरियाले बच्चाको पाचनशक्तिलाई सबल बनाउँछ, जसका कारण पछि शिशुलाई दूध वा अन्य खाना पचाउन सजिलो हुँदै जान्छ ।

स्विटजरल्यान्डको ज्युरिकस्थित इन्स्िटच्युट अफ फुड न्युटि्रसन एन्ड हेल्थका प्रा. क्रिस्टोफी लेक्राक्सका अनुसार, यस्तो ब्याक्टेरिया आमाको पेटबाट दूधको बाटो शिशुमा जाने गर्छ । आमा र बच्चा दुवैको पेटमा यो ब्याक्टेरिया हुनु बच्चाको पाचनशक्ति र रोग प्रतिरोधक क्षमताका लागि आवश्यक छ ।

अनुसन्धानअनुसार आमाको दूधमा अरू पनि थुप्रै यस्ता ब्याक्टेरिया पाइन्छन्, जसले बच्चाको ठूलो आन्द्रासम्बन्धी स्वास्थ्य, शौचसम्बन्धी प्रक्रियालाई सुचारु गर्न सहयोग गर्छन् । आमाको दूधले बच्चाको पेटमा आवश्यक पोषण पुर्‍याउनुका साथै उसको आन्द्रालाई समेत राम्ररी काम गर्न लायक बनाउने गर्छ ।

तर, अनुसन्धानकर्ताहरूले अझैसम्म आमाको पेटबाट दूधसम्म यो ब्याक्टेरिया कसरी पुग्छ भन्ने पत्ता लगाएका छैनन् ।
- कान्तिपुरबाट
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.