हिटलरका अंगरक्षकको मृत्यु
एजेन्सी/ जर्मनीका तानाशाह हिटलरका अन्तिम सयमसम्मका एक मात्र प्रत्यक्षदर्शी अंगरक्षकको ९६ बर्षको उमेरमा मृत्यु भएको छ ।
रोखुस मिश नामका ती अंगरक्षक नै हिटलरका अन्तीम जिबित अंगरक्षक थिए । रोखुसले हिटलरको नीजि सुरक्षाकर्मीका रुपमा पाँच बर्ष सम्म काम गरेका थिए भने एक नजिकका विश्वसा पात्र पनि थिए ।
समाचार एजेन्सी एपीका अनुसार रोखुस हिटलरलाई तानाशाह भन्न रुचाउँदैनथे । चर्चित तानाशाह हिटलरले जर्मनमा ६० लाख यहुदीको हत्या गरेका थिए ।
तर उनका अन्तीम अंगरक्षक मानिने रोखुसले भने आँफुलाई यस बिषयमा जानकारी नै नभएका दावी गर्ने गरेका थिए ।
हिटलरसंग हुँदा रोखुसले कुरियर, टेलिफोन तथा सम्पर्क व्यक्तिका रुपमा पनि काम गरेका थिए । रोखुसको जन्म सन् १९१७ पोल्याण्डको अल्ट शाल्कोवीट्ज गाउँमा भएको थियो ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.