पछिल्ला सामग्री :
सहप्राध्यापकको हत्या

धनुषा/ जनकपुरमा अज्ञात समूहले एक सहप्राध्यापकको हत्या गरेको छ । जनक हजारी विद्यापीठ क्याम्पसका सहप्राध्यापक सत्यनारायण गडेरीको अज्ञात समूहले हत्या गरेको हो ।

जनकपुरको इरे इन्टरनेसनल बोर्डिङ स्कुलमा अध्यनरत छोरालाई ल्याउन हिजो साँझ ५ बजे घरबाट निस्केका ५० वर्षीय गडेरीको शव आज (शुक्रबार) बिहान धनुषाको कुर्थवा–६ स्थित सडकछेउमा भेटिएको हो ।

पेटमा गोली लागेको र घाँटी रेटिएको अवस्थामा प्रहरीले गडेरीको शव फेला पारेको प्रहरीले जनाएको छ । जनकपुर नगरपालिका निवासी गडेरीलाई अपहरण गरी हत्या गरिएको हुनसक्ने आशंकामा प्रहरीले छानबिन सुरु गरेको बताएको छ ।

राजधानीमै गोली चल्यो ::
यस्तै काठमाडौंको जोरपाटीमा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिक सख्त घाइते भएका छन् । कालो पल्सर मोटरसाइकलमा आएका दुई व्यक्तिले नेपाल अर्थपेडिक अस्पतालनजिकै प्रहार गरेको गोली लागी भारत मोतिहारीका मोहम्मद यसउल्लाह घाइते भएका हुन् ।

उनको पेट र खुट्टामा गरी तीनवटा गोली लागेको छ । घाइते यसउल्लाहको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ । उनी सामान्य परिवारको रहेको र जोरपाटीमा सिलाइको काम गरी आफ्नो १४ वर्षीय एक छोराका साथमा बस्दै आएका छन् ।
प्रहरीले बनाएको गोली प्रहार गर्नेको स्केच
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.