अधिकारीका हत्यारालाई तीन वर्ष र फरारलाई जन्मकैद प्रस्ताव
जिल्ला प्रहरी कार्यालय चितवनले गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या प्रकरणको अनुसन्धान पूरा गरेको छ।
पक्राउ परेका एक अभियुक्त रामप्रसाद अधिकारीलाई तेस्रो पटक म्याद थपिएको भोलिपल्ट प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयसमक्ष प्रतिवेदन पठाएको छ। सोही प्रतिवेदनलाई आधार मानेर सरकारी वकिलले अभियुक्तविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यलयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीलेे अनुसन्धानबाट घटनामा संलग्न भएकाको पहिचान भएको र उनीहरुलाई ज्यानसम्बन्धी महलको हदैसम्मको कारबाही हुनुपर्ने माग गरिएको जानकारी दिए।
प्रहरीले पेस गरेको प्रतिवेदनमा पक्राउ परेका एक अभियुक्तलाई छ महिनादेखि तीन वर्षसम्म कैद तथा पक्राउ पर्न नसकेका अन्य १० जनाको हकमा जन्मकैददेखि सर्वस्वसहित जन्म कैदसम्मको सजाय माग गरिएको बताइएको छ।
घटनामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा ११ जनाविरुद्ध उजुरी परे पनि अभियुक्त रामप्रसाद अधिकारी मात्रै नियन्त्रणमा छन्। अधिकारी काठमाडौंबाट गत भदौ २१ गते समातिएका थिए। यही असोज १४ गते रामप्रसाद पक्राउ परेको २५ दिन पुग्दै छ। सरकारी वकिलले असोज १४ भित्रै मुदा दायर गर्नुपर्ने हुन्छ। अन्य १० जनाको खोजी जारी नै रहेको प्रहरी उपरीक्षक कार्कीले बताए।
सो मुद्दामा किटानी जाहेरी परे पनि हालसम्म नसमातिएका व्यक्तिमा रामप्रसाद अधिकारी नै नाम गरेका गोरखाका एक जना अर्का पनि छन्। त्यस्तै गोरखाका छविलाल पौडेल, मेघनाथ पौडेल, विष्णु तिवारी, सुभद्रा अधिकारी, सीता अधिकारी, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, भीमसेन पौडेल र चितवन भरतपुरका अजिव भनिने पर्शुराम पौडेल छन्। माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षका बेला पूर्वी चितवनको रत्ननगरमा २०६१ साल जेठ २४ गते माओवादीले कृष्णको हत्या गरेको थियो।
रासस

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.