छोरी बलात्कार गर्ने पत्रकार प्रहरी फन्दामा
काठमाडौं/ छोरीलाई बलात्कार गरेको आरोपमा एक पत्रकारलाई प्रहरीले
पक्राउ गरेको छ ।
प्रहरीले शनिबार राजधानीको बागबजारमा प्रेस चौतारी केन्द्रीय समितिको बैठक बसिरहेका बेला पत्रकार तथा प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश पोखरेललाई पक्राउ गरेको हो ।
प्रहरीले शनिबार राजधानीको बागबजारमा प्रेस चौतारी केन्द्रीय समितिको बैठक बसिरहेका बेला पत्रकार तथा प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश पोखरेललाई पक्राउ गरेको हो ।
प्रेस चौतारीको केन्द्रीय बैठकमा भाग लिन
झापाबाट आएका पूर्वान्चल इन्चार्ज पोखरेल आफ्नै छोरीमाथि बलात्कारको
आरोपमा सिहदरबार प्रहरी वृतले पक्राउ गरि हनुमानढोका पठाएको छ ।
प्रहरीका अनुसार पोखरेलकि पत्निको उजुरीका आधारमा उनलाई पक्राउ गरि
अनुसन्धानकालागी हिरासतमा लिइएको हो ।
प्रहरी स्रोतका अनुसार उनी माथि हाडनाता,
जर्वजस्ती करणी, र बाल यौन दुव्र्यबहारका तीनवटा मुद्दा लगाइने भएको छ ।
आइतबार उनलाई म्याद थपका लागि जिलला अदालत लैजाने तयारी छ । स्रोतका अनुसार
उनले छोरीमाथि कक्षा ७ मा पढ्दादेखि नै जर्वजस्ती करणी गर्दै आएका थिए ।
उनी अहिले कक्षा १० मा अध्यनरत छन् ।
लामो समयको पीडा पछि मात्रै उनले आमालाई
पीडा सुनाएपछि प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले पक्राउ गरे लगत्र्तै
केही युवाहरुले प्रेस चौतारीको कार्यालय तोडफोडको प्रयास समेत गरेका थिए ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.