बाबुराम भट्टराईको 'पिएचडी' उपाधी झुट ?
संसारमा सबैभन्दा राम्रो बिक्ने 'ब्राण्ड' के हो थाहा छ तपाईँलाई ? त्यो झुट 'ब्राण्ड' हो, जसले जति धेरै झुट बोल्न, गर्न र लेख्न सक्यो त्यो रातारात मालामाल । यस्ता धेरै झुट र झुट बोल्ने मान्छे छन् संसारमा । कसैले त्यसलाई वाह !! वाहको सम्मान दिन्छन्, त्यसलाई कसैले घृणा गर्छन् । केहि उर्जाशिल झुटहरु जो जिबन्त बन्न सक्छन् । मिलाएर प्रयोग गरिएका आलंकारिक झुटहरु साहित्य बन्न सक्छन् ।
घरको कोठाभित्र महिनौँ बसेर रचना गरिएका झुटले संसार भरिका मानिसलाई जुरुक्क उठाउन सक्ने गीत बन्छन्, महिनौ कल्पेर लेखिएका झुट आँङनै जिरिङ्ग बनाउने चलचित्र वा नाटक वा कथा बन्न सक्छन् । नेपालमा मदन पुरस्कार पाउने कृतिहरु पनि झुट । नोबेल पुरस्कार पाउने साहित्य पनि झुट । साहित्यिक झुटः त्यसको लेखन र शब्द संगठनले त्यसलाई जिवन्त बनाईदिन्छ, जो सत्यको नजिक होस् । साहित्यको झुट जो कसैलाई डुबाउने वा उठाउने गरी भन्दा पनि जिवन दर्शनलाई थप उर्जा प्रदान गर्ने गरी लेखिएको हुन्छ, जसले कसैको जिवनमा नकारात्मक होईन सकारात्मक प्रभाव पारिरहेको हुन्छ, यसलाई झुट होईन सृजनाको उपमा दिईन्छ ।
यहि समाजमा अर्को झुट पनि छ, जहाँ राजनीतिक कुटीलताको निर्जिव तत्वलाई सजिव बनाउने मिथ्या कोशिस गरिन्छ ।
हामि जति धेरै झुट बोल्न सक्छौं, झुटो काम गर्न सक्छौं वा ठग्न सक्छौं त्यतिनै महान बन्दा रहेछौं । चलचित्र, साहित्य र गीत आदिसंगै इस्वी संवतको १४ औं शताब्दीबाट सुरु भएको झुटको खेती अहिले झनै मौलाईरहेको छ । कसैको झुट विश्वव्यापी बन्न सक्छन्, कसैको झुट साँघुरो घेरामै सिमित हुन सक्छ, त्यो उसको झुटकलामा भर पर्छ ।
हाम्रो देशमा यस्ता धेरै झुटहरु छन् ।
हामिले जसलाई महान भनेर, निकै बुझक्कड भनेर सम्मान दिईरहेका छौं ति पनि झुट रहेछन् । कस्तो आश्चर्य ?
प्रशंग एकीकृत माओवादीका नेता डा.(कथित) बाबुराम भट्टराईको हो । दश बर्षे सशस्त्र युद्ध गरेर जंगल छोडी शहरमा बसोबास गर्दै आएका भट्टराईमाथि गम्भीर झुटको 'ब्लेम' लागेको छ । उनले प्राप्त गरेको भनिएको 'पिएचडी' उपाधिमा गम्भीर प्रश्न चिन्न उठेको छ । कुरै त हो कसैलाई झुट सावित गर्न बाबुरामले हजारौं मिठा शब्दको माला उन्न सक्छन् । कसैलाई जापान र अमेरिका अनि भारतको एजेन्ड भन्न सक्छन् । नानाभाती होटेल र यात्राका कपोकल्पीत पात्रहरुको उपस्थीति गराउन सक्छन् । आफुलाई मन नपरेको मान्छेले स्कलरसिप पायो भने चाकडीको संज्ञा दिन सक्छन् । के उनले आफ्नो स्नातक तह अनुत्तिर्णको मार्कसिट जलाएर नामका अगाडी डा. लेख्न सक्दैनन् ? कसले हेरेको छ उनको प्रमाण पत्र ? के को लागि चाहिन्छ उनको उपाधि नेपालमा ? कसैको आलोचना गर्न त पढ्नै पर्दैन । ‘हो’ लाई ‘होईन’ र होईन लाई हो भन्ने तुच्छ बिचार विकासका लागि केको प्रमाण पत्र ? केको उपाधि ? के को लाईसेन्स ?
केहि दिन अघि बाबुराम भट्टराईले आफ्नो ट्वीटरमा एउटा कलुशित मानसिकताको तस्वीर उतारे । त्यो हेर्दा निकै लाज लाग्यो । मन खिन्न पनि भयो । जसले नानाभाती गाली गर्न सक्छ, जसले अरुको मानमर्दन गर्नसक्छ, जसले निरिहहरुमाथि लाठी बजार्न सक्छ, जसले लुटपाट र गुण्डागर्दी गर्न सक्छ, जसले मातृभूमिमाथि बलात्कार गर्न सक्छ उसले मात्रै राष्ट्रियताका बिषयमा बोल्न पाईने रे । पत्रपत्रिकामा, रेडियोमा, टेलिभिजनमा आबद्ध भई जनतालाई सूसुचित गर्ने कसम खाएका व्यक्तीहरुले राष्ट्रियताका बिषयमा कुरा उठाउन नपाउने ? पत्रकार राष्ट्रियताका बिषयमा बोल्न र लेख्न नपाउने ? यदि पत्रकार राष्ट्रियताका बिषयमा बोल्न र लेख्न डराएको भए बाबुराम भट्टराई प्रधानमन्त्री भएको तीन महिना भित्र देश सिक्किमीकरण भैसक्थ्यो । बाबुराम आँफैले भनेका थिए । नेपाल चीन वा भारतसंग गाभिनु पर्छ भनेर । यिनैले हो अन्तर्राष्ट्रिय विमानस्थललाई भारतको जिम्मा लगाएको । यिनैले हो सिमामा जे गर्छौ गर हामि केहि भन्दैनौ भनेर भारतमा गएर लम्पसार पर्दै हस्ताक्षर गरेको । यस डी मुनी प्रमाण छँदैछन् ।
अर्को कुरा पत्रपत्रिकामा काम गर्ने वा पत्रकारले राष्ट्रियताका बिषयमा बोल्न नपाईने कुरामा बाबुरामले स्पष्ट जवाफ दिनै पर्छ । पत्रकारहरु एक त जनचेतना र सामाजिक उत्तरदायित्व बहन गरेर राष्ट्र र राष्ट्रियताका सवालमा खबरदारी गरिरहेका हुन्छन् भने अर्को तिर त्यहि कामबाट आएको तलबले दैनिकी चलाउछन् । बाबुरामले जवाफ दिनु पर्छ उनी जस्तै आजिवन देश र जनताको सेवामा समर्पित हुनेको आम्दानीको श्रोत के हो ? के काम गर्छौ र पैसा कमाउछौ अनि करोडौंको गाडीमा सवार गर्छौ ?
महिना दिन भरी अर्काको काम गर्नेलाई एक सिलिण्डर ग्यास धौ धौ पर्छ कसैलाई । बाबुरामले त्यत्रो ऐस गर्ने, छोरी अमेरिका पढाउने पैसा कहाँबाट कमाउछन् ? राज्यले दिने सुबिधामा हरेक हप्ता हेलिकोप्टर चार्टर गर्ने पैसा समेत त 'इन्क्लुड' गरिएको छैन होला नी । धम्कीको भरमा लुटेको धन र चन्दाले जिन्दगी चलाउने व्यक्ति र दिनभर ज्यालामजदुरी गरेर खाने व्यक्ती कसले सुहाउला राष्ट्रियताको कुरा गर्न ? अरुको पसिना चुस्नेले कसरी राष्ट्रियताको कुरा गर्न सक्ला ?
खान, बस्न र बाँच्नका लागि पत्रकार, खरदार, चौकीदार वा जे भए पनि जागिर त खानै पर्यो । आजिवन राजनीति गरेका छौं भन्दैमा स्यालको आचीले त पेट भरिँदैन होला नी ? अनि पत्रिकामा काम गर्नेले किन राष्ट्रियताका कुरा उठाउन नपाउने ?
अनि फलानो हैसियतको, बर्गको, स्तरको, जातको वा दलको व्यक्तीले राष्ट्रियताका बिषयमा बोल्न पाईदैन भन्ने त लेखिएको छैन होला अन्तरिम संविधानमा ? के एकीकृत माओवादीको घोषणा पत्रमा समावेश गरिँदै छ र यस्तो कुरो ? होइन भने कोसंग रिस उठेको हो, उसलाई प्रष्ट भने हुन्छ, तँ यस्तो तँ उस्तो । होइन भने सिंगो व्यवसायिक पत्रकारितामाथि औंला ठड्याएर कसैले पनि राजनीतिक तृष्णा मेट्न पाईदैन । व्यक्ती र व्यवसाय फरक हो । व्यवसायिक मर्यादामाथि आँच आउने अभिव्यक्ती दिएर लोक चिडाउने काम गर्नु मुर्खता मात्रै हो ।
व्यक्ती र बिषयबारे पनि राम्रो जानकारी नराख्ने कस्तो पिएचडी बाबुरामको ? त्यसैले कुरा गहिरो र शंकास्पद छ । मानाको भेउ नपाउनेलाई पाथीको कारोबार गर्ने जिम्मेवारी मिलेको हो वा यो पनि भ्रामक हो ।
साभार : रवीन्द्र सुवेदी/ हरेकपल

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.