सम्झनाको क्यानभासमा मेरो प्रेम
‘दाजु के गर्दै हो?’ अभिनाशले फेसबुक च्याटमा म्यासेज पठायो।
‘नाच्दै’ जिस्किएँ म ।
‘गीत कसले गाउँदै हो?’ फेरि प्रश्न।
‘१०२४,’ जवाफ दिएँ।
‘हाहाहाहा,’ अभिनाश हाँस्यो मात्रै। सायद बुझेन। बुझ्ने कुरा पनि थिएन। त्यही बेला झ्याप्पै बत्ती गयो।
अभिनाशभन्दा पहिला १०२४ स“ग सम्पर्क जरुरी थियो मेरा लागि।
एक हप्तादेखि खबर थिएन। मोबाइल अफ थियो। फेसबुक अकाउन्ट डिएक्टिभ थियो। खुब अत्यासमा थिए“। पहिला सधैं फेसबुक इनबक्समा म्यासेज छाड्थिन। मोबाइलमा म्यासेज आउ“थ्यो। अत्यासलाग्दो मन लिएर टेलिफोन सेटतिर लम्किएँ। डायल गरेँ– ९८५१०.....। अझै खुलेको थिएन। उखरमाउलो गर्मीले आ“त हरहर बनाएजस्तै थियो, उनको यादले। भतभत्ती पोल्न थालेको थियो,भरभराउ“दो आगोले झैं। अनुहार रस निचोरेको निबुवाजस्तै थियो, निरस र फुंग।
‘तिमीबिनाको पल झिरमा उनेको माछाजस्तै भा’छ। तिम्रो मृदुल बोली,स्पर्शी मायाबिनाका पलहरु अत्यासलाग्दा छन्, जुनबिनाको अन्धकार रातजस्तै। अनगिन्ती वेदना एकैपटक चक्कर लगाउन थाले। निष्ठुरी, किन मोबाइल अफ गरेको? फेसबुक डिएक्टिभ गरेको?’
चारदिन पहिला म्यासेज गरेको थिएँ। अहँ, रिप्लाइ आए पो!
टेलिफोन रिसिभर राखेँ। हातपाउ गलेर नुन खा’को कुखुरोजस्तो भए। एकोहोरिएको भावना,चाहना र सपना एक्कासी सम्पर्कविच्छेद छ। आँखा चिम्म गरेँ। मनभित्रको आ“धी झन बढ्न थाल्यो। ग्यास च्याम्बरमा थुनिएजस्तै उकुसमुकुस भएर आयो याद। डढेलोसँगै हुरी चलेजस्तो भतभत भो मन। सेतीझैं गढेको प्रेमको पीडा यस्तै हुनेरैछ,सायद। १०२४ को लामो म्यासेज थियो फेसबुकमा १० दिन पहिला। ‘बिर्सन नसकिने याद । सहन नसकिने घाऊ। थेग्न नसकिने दर्द। प्लपलभरि विगत। सायद प्रेमको आत्मा चिरा पर्दा यस्तै हुन्छ होला।’ प्रसंगबिनैको म्यासेज थियो।
...
जुलाई ५,२०११। साँझ ५:२३।
फेसबुकमा बातचित भएको पहिलो सम्वाद र समय कण्ठस्थै छ। त्यो दिनदेखि अहिल्यै हो, उनी यसरी सम्र्पकविच्छेद भएको। भर्खरभर्खर फेसबुक अकाउन्ट एक्टिभ गरेको। खुब बात मारिन्थ्यो। च्याटमै अंगालो। च्याटमै चुम्बन। रंगीन बात र साथ। गुगल प्लस, ट्वीटर, स्काइपजस्ता सामाजिक सञ्जालले बजार पिटेको बेला त फेसबुकको लत छुटेको छैन। त्यतिबेलाको कुरै बेग्लै।
...
अभिनाशलाई फोन गरेँ। भृकुटीमण्डप बोलाएँ। सीता फ्रुट एण्ड खाजा घरमा अभिनाश आइसकेछ। मुड अफ देखेर सोध्यो, ‘च्याटमा खुब च्या“ठिएर हँसिमजाक गर्नु हुँदैथियो त, एक्कासी के भो दाजु ?’
अभिनाश त जिक्रीदोस्त। कुनै कुरा छिपेको छैन। पानीजस्तै पारदर्शी सम्बन्ध। अभिनाश अमेरिकाको ग्रीनकार्ड छोडेर काठमाडौं फर्केपछि हाम्रो दोस्ती जमेको हो। खोटाङको सुन्तले गाविसमा अंग्रेजी भाषाको एउटा विद्यालय खोल्ने एक बर्षदेखि हाम्रो योजना निरन्तर छ। खोटाङ पानीपंधेरो भै’राछ। त्यही सपना बोकेर फर्केको हो अभिनाश।
मोबाइल बज्यो। १०२४ कै रै’छ। मन चंगाजस्तै उड्यो। उमंगले दशगजा नाघ्यो। अनि अलिकति आक्रोश। आवेग थियो मनमा।
खुसीले चिच्याएँ। ‘के भो र सातो जाने गरी करा’को? दाजु पनि केटाकेटी पाराको क्या,’ अभिनाश बोल्यो। उनले हेलो भनेको नै सुनिन मैले । त्यति झिनो स्वरमा बोलेको आजसम्म थिइनन् ।
‘मेरो मोबाइलमा प्रोब्लम थियो। ल्यापटप फम्र्याट गर्न दिएको छ। अहिले भाउजुको मोबाइल चलाइरा’छु,’ मैले हेलो भन्नै नपाई फररर उनले सुनाइन्। सुक्सुकाउ“दै बोलिरहिन्। मैंले सुनिमात्र रहें। थरथराएका मेरा हातबाट जवाफ नफर्काउदै मोबाइल खस्यो। कुरा टुंगियो।
बेलुकी ८ बजिसकेको थियो । अभिनाश र म भृकुटीमण्डपबाट निस्क्यौं। घर पुगें। फोन गरें। फेरि अफ टोन। लामो सास तानेर आलस्य तन पलङमा पल्टाएँ। तन पनि टनभन्दा गह्रौ हुदोरैछ पीडा, दर्द, स्मृतिको भारीले। १०२४ को आंलिगनमा बिताएका रातहरु। भविष्य बुनिएका रंगीन बातहरु । स्मृतिबाट पत्र–पत्र गरी उप्किन थाले। गोदावरी, नगरकोट, ककनीका सम्बन्धहरु स्मृति पटलमा ताजा भएर निस्किए। भृकुटीमण्डपको चटपटेको टेस्टझै स्मृतिका टेस्ट झुल्किन थाल्यो। रिप्ले भइरहयो मष्तिस्कमा। एक मनले सोच्यो ‘पराईको सिन्दुर, पोतेको खुशीमा तृप्त भइन्। र, नम्बर चेन्ज गरिन्। समुद्रको गहिराइ र महिलाको चरित्र नाप्न सकिँदैन भन्थे, हो रैछ। नत्र फेसबुक डिएक्टिभ नै त गर्नुनपर्ने।’
‘युवती त्यतिबेलासम्म तपाईंको साथमा हुन्छे, जतिबेलासम्म तपाईंभन्दा योग्य अरुलाई देख्दिन,’ कसैले भनेको सम्झिए“ । ‘आहा... त्यस्तो अशुभ पनि सोच्ने हो?’ अर्को मनले भन्यो ।
...
क्यानडाको पिआर आवेदन भर्ने कुरा भिकेकी थिइन्, ककनीको माउन्ट भ्यू होटलको डेटिङमा । पूर्वाञ्चल विश्वविद्यालयबाट मास कम्युनिकेशनमा स्नातकोत्तर गरेकी। नाम चलेकै एनजिओको जनसम्र्पक अधिकृत। आयस्ता राम्रै थियो। सुरिलो भाकामा गाउने कला। त्यो झन कसरी वर्णन गरु“। काठमाडौको रैथाने। त्यही भएर उनको प्रस्ताव मलाई निको लागेको थिएन। विदेशिने कारणको फेहरिस्त लगाएकी थिइन् ।
‘देश दुखेको छ । मन फाटेको छ । भावना च्यातिएको छ । सद्भाव उध्रिएको छ । प्रसव पीडामा छ देश । परिश्रमी हातहरुले खोरियामा खनीखोस्री गराउन उब्जनीको सपना देख्नुपर्छ । हेर,आमाको काखमा बसेर पसिना बगाउनुभन्दा विदेशीको नोकर बन्नु महानता ठान्नु हुन्न। पीआर होल्डरवालाहरु विदेशमा बसेर देश विग्रिएको कथा बुन्छन् । बेला कुबेला अर्ति उपदेशरुपी चक्लेट दिन्छन् । देश सप्रिएमात्र फर्किने भन्छन् । ती मुलायम हातबाट जति नै रेमिट्यान्स भित्रिए पनि देशका विद्यालय, अस्पताल, कार्यँलय र कारखानामा नेपाली हातहरु सलवलाउ“दा उन्नति र गर्ववोध हुन्छ ।’ सम्झाए“। अमेरिका, क्यानाडा, अष्टेलियाको सपनाका अगाडि मेरा तर्क सिर्फ आदर्शवादी ठानिन्।
‘कति न देशप्रेम । सुधार अभियान । यही केही हुने भा,यतिका मान्छे किन विदेसिन्थे ? अमेरिकामा मोटर धोएर टन्न पैसा कमाइन्छ भने मुलायम परिश्रमी हातहरु नेपालका बैंकमा नोट गनेर बस्दैनन । ’ चर्को प्रतिउत्तर थियो।
उनकै जिद्दीमा सबै डकुमेन्ट दिएँ। प्रिन्सिपल अप्लिकेन्ट उनी। ६७ प्वाइन्ट ल्याउन डिपेन्डेन्ट अनिवार्य थियो। उनको जागिर चल्दै थियो। म पनि त्रिविमा अध्यापन सुरु गरिसकेको थिएँ। मेडिकल रिपोर्ट बुझाउन क्यानडियन दुतावासको इमेल आयो। लालदरबारको दी नेपाल इन्टरनेशलन क्लिनिक गइयो। दिल्लीस्थित क्यानडियन दूतावासले भिसा लगाएको पासपोर्ट पठाएपछि विहे गर्ने सहमति त्यही दिन भएको हो। २० दिनपछि स्काइनेटमा दुवै गएर डकुमेन्ट कलेक्ट गरियो। हेरियो। भिसा लागेको थियो। त्यही खुसीमा अलिक पर्तिरको बेकरी क्याफेमा उनले कफी पिइन्। मैले पिज्जा मागेँ।
‘लुँईटेलबाजेका छोरा हुन । एउटै स्कूलमा पढेका । म भन्दा सिनियर। बुबाको साथीको छोरा । कुलघरानको मान्छे । नाई नभन भनेर घरपरिवारले दबाब दिएका छन् । खै के गर्ने मैले त निर्णय नै गर्न सकेको छैन । दिदीले घरमै बोलाएर झन् धेरै दबाब दिनु भएको छ ।’
कफी पिउन छोडेर सुनाइन् । ‘कुराको चुरो के हो ?’ सोधेँ। ‘मैले सेयर पो गरेको त । विहे गर्छु त भनेको छैन नि,’ उनी झर्किन्।
लुँईटेलबाजेको सहरमा ठूलै रजगज छ । गन्यमान्ने परे । मन्त्रालयका सचिव। श्रीमति विश्वविद्यालयको प्राध्यापक। सहरमा शान शौकतले जिएका। सचिवको बुहारी ।प्राध्यापकको बुहारी। छरछिमेकमा छुट्टै शान। अध्ययनका लागि दुई बर्षदेखि क्यानडा बस्दै आएको केटो। त्यसमा थपियो आफ्नै क्यानडाको पीआर । सायद, कल्पना गर्दैथिइन्। मान्छेको मन न हो .....।
थाहा थियो, मेरो कलेजको जागिरप्रति उनको सधैंको गुनासो। पराईभूमि प्रस्थान मोह नभएकोप्रति असन्तुष्टि। काठमाडौंमा घर नभएकोप्रति पीडा। मेरा बा नपढेका। गाउ“का किसान। पुरै परिवारै गाउ“ले। कहा“ उनका बा काठमाडौको रैथाने। आइएनजिओका हाकिम। कहा“ गाउ“मा हलो कोदालो गरेर गुजारा गर्ने मेरा बा। बा’हरुको स्टाट्स मिल्थेन। सायद, तुलना गरिइन् ल“ुईटेलबाजेस“ग।
...
अन्तैबाट सुनेँ, स्वयम्बर हुँदैछ । बरणी गरिँदैछ। सिउँदो रंगीन बन्दैछ । खबरसँगै बर्खे झरीमा पनि छातीभित्र डढेलो सल्केको छ,चैतको भस्मेमाझै। खर र बुढा रुखझै एकएक गरी अंगहरु जल्न थाले ब्या मण्डपको अग्नीकुण्डमा । मसंगका सबै याद,स्मृति,सपनाहरु चरुझै हवन गदैछिन् । दमाहा र ट्याम्को ठोक्दा मेरै मुटुमा ठोकेजस्तो लागिरा’छ । उनको सिउ“दो रंगीदा मुटु चिरिएझै लाग्छ । रक्तसञ्चारका धमनीहरु रा“ै चिरा पर्दैछन् । उनको सम्झनाको
तरेलीमा झुन्डिएको मन, मातेको तन, भक्कानिएको मुटु सम्झिदै एकएक गरी प्रेमका जोर्नीहरु खुस्किदैछन्। उराठिलो भीमकाय मरुभूमि र वालुवाको शहर देखिरा’छ आ“खा। सेतीको खोंचमात्रै सम्झिरा’को मस्तिष्कस“ग शून्यतामात्रै थियो। आ“सुले भरिएका परेलीले यस्तै यस्तै देख्दोरैछ पराईले सिउ“दो रग्याउ“दा।
दशदिन पहिलाको उनको फेसबुक म्यासेज पूर्वसंकेत रै’छ । एक मनले ठीकै भन्या रै’छ त्यतिबेला । सोझो । उनको प्रेमका पागल भएको मान्छे । हप्ता दिनभित्र विहे नै गर्लिन् भन्ने कल्पना गरेको थिइन । विदेश बस्ने केटो भनेपछि किन यसरी हाम फालेका? आज, खै किन किन प्रेमको डोरी चु“डिएको पीडा भन्दा विदेसिने मनोवृत्ति देखेर टिठ लागेर आयो। ‘उसलाई म चाहिन्न भने मलाई ऊ किन चाहियो ?’ आज मलाई मन दह्रो पार्ने शक्ति दिए भगवानले । ‘आस्थाको वस्तीमा डडेलो लगाए पनि किन जल्छ र । महत्वकांक्षाले डडेलो लगाउनेहरुप्रति कुनै गुनासो छैन । बरु, तिनको कायरतामाथि सदभाव छ । कायरहरुले डडेलो लगाउने दुश्साहस गर्छन । सक्दैन जलाउन । बरु कसैस“ग आत्मसमर्पण्ँ गर्छन । विगतको प्रायश्चित र जीवनभर आत्मग्लानीको पहाड लिएर बा“च्छन।’ आज दुई मनले नै उर्जा थपेका छन् ।
...
‘हाई, आराम हुनुहुन्छ ? के छ खबर ?’ एक्कासी फेसबुकको इनबक्समा छ महिनापछि उनको म्यासेज देखें । मलाई जवाफ दिन मन थिएन । उनको सिन्दुर पराईले रंग्याएकै दिन हो मैले त्रिवि सेवा आयोग पास गरेको । निष्ठुरीलाई किन सुनाउने भन्ने लाग्यो । जस्ट टाइमपास लेखिदिए । कुरो टुंगियो । तीनदिन पछि फेरी म्यासेज आयो । ‘घरबार विग्रिन थालेको । संस्कार,सम्बन्ध नमिलेको । ६ महिनासम्म काम नपाएको,’ रोमनमा लेखेकी थिइन । ‘सासु ससुराले दुव्र्यसनीमा फसेको कारण छोरालाई क्यानडा पठाएका रहेछन । यता पनि त्यस्तै ताल छ । सुध्रिने छा“ट छैन । नबुझी हाम फालियो । म फंसेँ। वर्बाद भए“।’ यस्तै–यस्तै पीडाले भरिएको म्यासेज थियो बा“की पनि । सबै म्यासेज पढ्न सकिन । मनले मानेन पनि । अनि लेखिदिएं ‘चिन्ता नगर ।’
...
त्रिचन्द्र कलेज पढाउन जानुपर्ने । तयारी गरेकै थिएन । ग्रामीण विकास नयाँ विषय । कक्षाकोठामा टन्नै हुन्छन विद्यार्थी । ‘गाउं“मा अचेल मकै बेचेर चाउचाउ खान किन थालेका होलान् सर ?’ आजैमात्र एकजना विद्यार्थीले सोधेको थियो । मैले पनि सोचिरा’थे, ‘गाउ“मा कोदो किन विक्री नभएको होला?’ एकजना विद्यार्थीले भन्यो, ‘टुर्वोग र कार्लसवियरले पिटेपछि नि सर।’ यस्ता सवालजवाफले गाउ“मा हुर्किदो संस्कार,प्रवृत्ति र उपभोक्ता संस्कृतिलाई बुझ्न सजिलो हुन्थो । स्काईपमा आउन भनेकी थिइन्। सोंचें । दुःख पाएको कथा सुन्दा भक्कानो छुट्ला । आ“सु थाम्न नसकिएला । स्काईपमा अनलाइन हुन सकि“न । गुगल सर्चमा लाग“े। भोलीको कक्षाका लागि। फेसबुकमा फेरी म्यासेज आयो । हेरें । १०२४ कै रैछ । उनले काठमाडौ आउन लागेको भनेकी थिइन । ‘२७ तारिखको काठमाडौ फ्लाइट बुक भइसकेको छ । सायद, क्यानडा फर्किन्न होला । घरमा केही भनेको छैन । मलाई एयरपोर्टमा लिन आउनु ल ।’
...
अभिनाश र म २७ तारिखमै तारा एयरलाइन्सबाट खानीडा“डा जांदैछौ। मैले नीतालाई ‘वेलकम टु केटीएम’ भनेर म्यासेज गर्दिए। खोटाङ जाने कुरो भनिन। नीतालाई कोड भाषामा १०२४ भन्थें। घच्चिको संयोग छ, १०२४ भन्नुमा । उनको जन्मदिन १० महिना २४ गते। नागरिकता नम्बर १०२४। मोबाइल नम्बरको पछाडिको चार अंक १०२४। १०२४ संयोगको त्रिवेणीबाट बनेको। भृकुटीमण्डपमा बेलीविस्तार लगाएकै दिन हो, नीतालाई १०२४ कोड भाषामा मैले बोलाउने गरेको अभिनाशले थाहा पाएको। दुःख बा“डे आधा हुन्छ,सुख बा“डे दोब्बर भन्छन् । सायद,नीताको टोरन्टोमा दुःख बाड्ने भएन। न सुख बाड्ने। दुःखको गर्तबाट निष्ठुरीले पनि सा“चो माया सम्झिदोरैछ सायद। पीडामा प्रेमको गहिराई र महत्व नापिने रै’छ।
...
बिहान साढे ११ बजेको उडान थियो हाम्रो । उडान हुन ५ मिनेटजति बाँकी थियो । डिप्याचर रुममा नेपाल टेलिभिजनमा लोकदोहोरी घन्किँदै थिए । ब्रेकिंड न्यूज आयो एक्कासी। झस्किएँ। अभिनाश यतायता गर्दै थियो। टोरन्टोमा नेपाली युवतीको हत्या प्रयास। अवस्था चिन्ताजनक। डाक्टर प्रतिक्रिया दिन मानिरहेको छैनन्।
घटना नीताकै रै’छ । दुव्र्यसनी श्रीमान विवेकको काम रै’छ । उडान अनाउन्स भयो । डिप्याचरबाट धावनमार्गतिर लागें । प्लेनले विस्तारै भुँई छोड्दै गयो । विस्तारै न्यूजले पनि ।
नागबेलीझै सलल गाउँगाउँ बगेका मोटरबाटो । त्यसरी नै बग्दै गरेको दुधकोशी । झुप्प परेका सप्तरंगी छाना भएका घरहरु । लोभलाग्दो प्राकृतिक छटा । प्लेनको उडानभन्दा माथिमाथि मनको उडान थियो । सुन्दरताले । खोटाङको सपनाले ।
साभार : योगेश ढकाल/ सेतोपाटी

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.