पछिल्ला सामग्री :
ओबामाको भ्रमण स्थगित

एजेन्सी/ सिनेटबाट बजेट पारित नभएपछि सरकारका काम कारबाही आंशिक रूपमा बन्द भएसँगै अप्ठेरोमा परेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले एसिया भ्रमण स्थगित गरेका छन् ।

उनले एसियाका इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र ब्रुनाईको भ्रमण तत्कालका लागि स्थगित गरेका हुन् । तत्कालका लागि भ्रमण स्थगित भए पनि उनले एसिया प्यासिफिक इकोनोमिक को–अपरेसन–एपेक र पूर्वी एसियन देशहरूको सम्मेलनमा भने भाग लिन जाने बताएका छन् ।

ब्रुनाईमा हुन गइएको पूर्वी एसियन देशहरूको सम्मेलन र इन्डोनेसियामा हुन गइरहेको एपेकको बैठकमा भने सहभागी हुने बताइएको छ । तर, मलेसिया र फिलिपिन्सको भ्रमण भने अझै अनिश्चित छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.