पछिल्ला सामग्री :
यातायात विकास दलमा एकमात्र उम्मेदवार

काठमाडौं/ नेपाल राष्ट्रिय यातायात विकास दलका केन्द्रीय अध्यक्ष शरदचन्द्र भट्टराई ‘सुनील गाउँले’ गृहजिल्ला बाराबाट चुनाव लड्ने भएका छन् ।

दलका महासचिव वसन्त शर्माले आज एक विज्ञप्ति जारी गरी उनले गृहजिल्ला बाराको क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ आगामी संविधानसभा निर्बाचनका लागि उम्मेदवारीको घोषणा गरेको जानकारी दिएका हुन् ।

एक दशकयता बारा र पर्सामा बसेर पत्रकारिता गरिरहेका भट्टराईको बारामा राम्रो पहिचान रहेको र ठूला भनिएका दलहरूका तर्फबाट कार्यकर्ताले चाहेजस्तो उम्मेदवार चयन नभएकाले भट्टराईले प्रत्यक्षतर्फ उम्मेदवारीको घोषणा गरेको महासचिव शर्माले जनाएका छन् ।

विज्ञप्तिमा दलले बाराको क्षेत्र नम्बर ६ बाहेक अन्य ठाउँमा प्रत्यक्ष उम्मेदवारी नदिने पनि जनाएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.