पछिल्ला सामग्री :
जिप खस्यो नौको मृत्यु, सात घाइते

पर्वत/ उत्तरी पर्वतको लेखफाँट गाविसमा मंगलबार बिहान भीरबाट जिप खस्दा नौजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल म्याग्दीमा राखिएको छ । दुर्घटनामा मृत्यु हुनेमा चालक धाइरिङ–५ का पृथ्वी पुन (२२), लेखफाँट–९ का शंखवीर फकामी, सालिजा–६ की सात वर्षीया बालिका आयुष्मा पुन र सीता फकामी छन् ।

तनहुँ दुलेगौडा–२ का पूर्णबहादुर पुर्जा, तनहुँ एक्लेफाँटकी मनमाया पुर्जा (४१), गोरखाका भीमबहादुर थापा र कास्की लेखनाथ–१२ की कैसरा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैसरा पुनको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमै मृत्यु भएको थियो । प्रहरीका अनुसार एक महिलाको परिचय खुल्न सकेको छैन ।

म्याग्दीको नागीबाट सदरमुकाम बेनीतर्फ आउँँदै गरेको ग.१ज ५१२० नम्बरको जिप पर्वतको लेखफाँट गाविसस्थित धौलापहाड भन्ने स्थानमा भीरबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.