छोरीलाई नर्स पढाउन आँखा र मिर्गौला
सुनसरी/ संसार देख्ने आँखा बेच्ने रहर कसलाई हुन्छ र ? तर
सुनसरी इटहरीका लालबहादुर तामाङले आफ्ना आँखा र मिर्गौला बेच्न लागेको
सुन्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । लालबहादुरले रहरले नभई बाध्यताले
यस्तो गर्न लागेका हुन् ।
स्टाफ नर्सको प्रबेश परिक्षा दिएकी छोरीले सर्वोत्कृष्ट अंक ल्याएपछि
आर्थिक स्थिति कमजोर भएका लालबहादुले यस्तो निर्णय गरेका हुन् । चार
सन्तानका बुबा लालबहादुरले आफ्नी १७ बर्षिया छोरी एली तामाङलाई पढाउन आफ्ना
शरिरका अंग बेचेर खर्च जुटाउने निर्णय गरेका छन् ।
सामान्य परिवारका लालबहादुरले भने, ‘आफ्नी छोरीको सपना नै आफ्नो लागि
सबैथोक भएकोले यस्तो निर्णय गरें ।’ उनले गहभरी आसु पार्दै सन्तानलाई
शिक्षादिक्षा दिन अन्य उपाय नभएपछि शरिरका अंग पनि बेच्ने निष्कर्षमा
पुगेको बताए ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.