पछिल्ला सामग्री :
खसीबोकाको मूल्य परिमार्जन

काठमाडौं/ दसैँका लागि खसीबोका बिक्री सुरु गरेको नेपाल खाद्य संस्थानले मूल्यमा परिमार्जन गरेको छ ।

केही समयअघि संस्थानले २५ किलोदेखि माथिको जिउँदो खसीको मूल्य प्रतिकिलो ३ सय ३५, २० देखि २५ किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो ३ सय ३० र १६ किलोभन्दा माथिको जिउँदो बोकाको मूल्य प्रतिकिलो ३ सय २५ कायम गरेको थियो ।

तर, बिक्री सुरु गरेको पहिलो दिन बुधबार संस्थानले नयाँ दर सार्वजनिक गरेको हो । नयाँ दरअनुसार २४ किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो ३८५ , २४ देखि ३० सम्मको ३९० र ३० किलोभन्दा माथिको प्रतिकिलो ३९५ कायम गरिएको खाद्य संस्थानले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी भेगबाट खरिद गरी काठमाडौँ ल्याइएका खसीबोकाको मूल्य निर्धारण गरी संस्थानले असोज १६ गते बुधबारबाट बिक्री सुरु गरेको हो । उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै यसपटक विगतका वर्षका तुलनामा तीन/चार दिनअगाडिदेखि नै खसीबोका बिक्री सुरु गरिएको संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठले बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.