राष्ट्रिय जनमोर्चाद्वारा नाम सार्वजनिक
काठमाडौं/ राष्ट्रिय जनमोर्चा नेपालले आसन्न संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ १४० र समानुपातिकतर्फको सय उम्मेदवारको सूची सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक गरिएको सूचीअनुसार पार्टी अध्यक्ष चित्रबहादुर केसी यसपटक समानुपातिकतर्फबाट उठ्नुहुनेभएको छ ।
जनमोर्चाले समानूपातिकतर्फ ५० पुरुष र ५० जना महिलाको नाम समावेश गरेको छ । पुरुषतर्फको दुईजनाको नाम भने खाली राखिएको जनमोर्चाले जनाएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष केसीले मन्त्री बनाउन पैसा कमाउन नभई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि आफ्नो पार्टीलाई भोट दिन आग्रह गर्नुभयो ।
उहाँले एमाओवादी र मधेसीको गठबन्धन मुलुकको लागि खतरनाक भएको भन्दै ५१ प्रतिशत जनता भएको मधेसमा एक प्रदेश, ४९ प्रतिशत जनसंख्या भएको पहाडमा १३ प्रदेश र आत्मनिर्णयको अधिकार दिने साँठगाँठ घातक हुने चेतावनी दिनुभयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.