पछिल्ला सामग्री :
७ जनालाई मेरो जिल्ला डटकम अवार्ड

काठमाडौं/ मेरो जिल्ला डटकमले विभिन्न विधाका ७ जना व्यक्तिलाई मेरो जिल्ला डटकम एवार्ड २०७० वितरण गरेको छ ।

यूवा स्वरोजगार कोषका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले आज सो सम्मान वितरण गर्नुभएको हो । सम्मानीत हुनेहरुमा पर्यटन व्यबसायी खुमबहादुर सुवेदी, कृषि उद्यमी रुद्रप्रसाद गिरि, बरिष्ठ साहीत्यकार राधेश्याम लेकाली, मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, इसाँग्रीला डट कमका सम्पादक चण्डीप्रसाद पौडेल, समाजसेवी विनिता विश्वकर्मा तथा शैक्षिक क्षेत्रका भिष्म विक्रम रायमाझी रहेका छन् ।

त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका यूवा स्वरोजगार कोषका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी र बिशिष्ट अतिथि गान्धि पण्डितलाई मेरोजिल्ला डटकम टोकन अफ लभ सभापती मुकुन्द ढुंगानाले प्रधान गर्नुभएको थियो । उहाले आगामि दिनमा पनी यसरीनै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.