पछिल्ला सामग्री :
अफगानिस्तान विश्वकप क्रिकेटमा पहिलोपटक छनोट

एजेन्सी/ अफगानिस्तान सन् २०१५ मा अस्ट्रेलिया र न्यूजिल्यान्डमा आयोजना हुने विश्वकप क्रिकेटमा छनोट भएको छ ।

सारजहामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको अन्तिम खेलमा केन्यालाई ७ विकेटले हराउँदै अफगानिस्तान पहिलोपटक विश्वकप क्रिकेटमा छनोट भएको हो । जितका लागि पाएको ९४ रनको सामान्य लक्ष्य उसले ३ विकेट गुमाएर पूरा गर्‍यो ।

कुल १४ खेल खेलेकोमा अफगानिस्तान ९ खेल जित्दै आयरल्यान्डसँगै विश्वकपमा छनोट भएको हो । वल्र्डकप क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको विजेता हुँदै आयरल्यान्ड यसअघि नै छनोट भइसकेको छ भने अफगानिस्तान छनोट हुने दोस्रो राष्ट्र बनेको छ ।

अन्य दुई टिम भने न्यूजिल्यान्डमा हुने छनोट प्रतियोगिताबाट छानिनेछन् । जसमा नेपालसहित, नेदरल्यान्ड, स्कटल्यान्ड, केन्या, नामिबिया, क्यानडा, पपुवा न्युगिनी, युगान्डा, हङकङ र युएईले खेल्नेछन् ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.