पछिल्ला सामग्री :
चुनाव सफल बनाऔँ : कोइराला

काठमाडौं/ नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आसन्न संविधानसभाको निर्वाचनलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

सभापति कोइरालाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आसन्न संविधानसभाको निर्वाचन मुलुकको भविष्यका लागि महत्त्वपूर्ण भएकोले निर्वाचन सफल पार्न सबैलाई जिम्मेवार हुन आग्रह गर्नुभएको हो ।

कोइरालाले बारामा एमालेका उम्मेदवारमाथि भएको गोली प्रहारको भत्र्सना गर्दै सुरक्षाको प्रतयाभूति गराउन सरकारसमक्ष मागसमेत गर्नुभएको छ । कोइरालाद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रि संविधानको सुनिश्चितताका लागि अबको निर्वाचन निर्णायक हुने भएकोले नेपाली कांग्रेसको पक्षमा देशव्यापी अभियान थाल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत गरिएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.