नेपालमा भारतीय सवारीसाधन ‘नो इन्ट्री’
बारा/ संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रचारप्रसारलगायत अन्य प्रयोजनका लागि प्रयोग गरिने भारतीय सवारीसाधनमा बारा जिल्ला प्रशासनले रोक लगाएको छ ।
निर्वाचनका समयसम्म ती सवारीसाधनलाई रोक लगाइएको बारा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजस्व नतिरी जिल्ला भित्रिएका सवारीसाधन कारबाहीको दायरामा रहेको प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले जानकारी दिनुभयो ।
जिल्लामा करिब सयभन्दा बढी भारतीय मोटरसाइकल रहेको अनुमान प्रहरीको छ । तर, पर्यटक र आवश्यक कामका लागि भन्सार तिरेर आउने भारतीय सवारीसाधनलाई भने रोक नलगाएको बताइएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.