‘मायाकुमारीलाई बर्खास्त नगर’
काठमाडौं/ सर्वोच्च अदालतले मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदूतबाट तत्काल बर्खास्त नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले मायाकुमारीद्वारा दर्ता गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै मुद्दाको किनारा नलागेसम्म बर्खास्ती रोक्न आदेश दिएको हो । राजदूत शर्माले केही दिनअघि आफूलाई कतारको राजदूतबाट बर्खास्त गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सर्वोच्चले बरखास्ती गर्नुको लिखित कारण १५ दिनभित्र पेस गर्न आदेशसमेत दिएको छ । त्यस्तै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ । कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति सार्वजनिक गरेको भन्दै सरकारले राजदूतबाट शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.