स्तन क्यान्सरको उपचार एक घन्टा ‘जगिङ’
एजेन्सी/ रजस्वला बन्द भएका महिलाहरूले दैनिक बिहान एक घन्टा हिँड्नाले स्तन क्यान्सरमा कमी आउने एक अध्ययनले देखाएको छ ।
करिब ७३ हजार महिलामा १७ वर्ष लगाएर गरिएको अध्ययनले दैनिक एक घन्टा हिँड्ने महिलालाई अन्य महिलाका तुलनामा क्यान्सरको जोखिम कम हुने देखाएको हो । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार दैनिक ‘जगिङ’मार्फत क्यान्सर नियन्त्रण गर्न सकिने तथ्य पहिलोपटक पत्ता लागेको हो ।
बदलिँदो जीवनशैलीसँगै हिँड्ने बानी कम हुँदै जाँदा क्यान्सरको जोखिम बढ्दै गएको बेलायतका क्यान्सर विशेषज्ञहरूले पनि बताएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार दैनिक एक घन्टा हिँड्ने महिलाको तुलनामा सातामा तीन घन्टा वा सोभन्दा कम समय हिँड्ने महिलामा क्यान्सरको जोखिम १४ प्रतिशत बढी हुनेछ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.