पछिल्ला सामग्री :
‘कांग्रेसलाई जिताए नयाँ संविधान’

बाँके/ नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतान्त्रिक संविधान नआउँदासम्म मुलुकमा शान्ति नहुने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक संविधान ल्याउन कांग्रेसलाई बहुमतले जिताउनसमेत मतदातासँग आग्रह गर्नुभयो ।

नेपालगन्ज नगरपालिका वडा नं. १मा आयोजना गरिएको चुनावी सभामा सभापति कोइरालाले पहिचानसहितको संघीय लोकतान्त्रिक संविधान ल्याउन कांग्रेस पछाडी नहट्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस स्थापनादेखी नै पहिचानका लागि लडदै आएको पार्टी हो। यो देश र जनताको पक्षमा आवाज उठाउन कहिल्यै पछि नहट्दैन ।’

देश र जनताको पक्षमा आवाज उठाउन कहिल्यै पछि नहटने नेपाली कांग्रेसले जहिल्यै पनि राष्टियता, प्रजातन्त्र र समाजवादको वकालत गरेको र गरिब, मजदुरका समस्यालाई समाधान गर्न जेल जानसमेत पछि नहटेको उहाँले जिकिर गर्नुभयो । सभापति कोइरालाले विश्वभर प्रजातान्त्रिक अभ्यास लोकप्रिय भैरहेको बताउदै अब चाडै नै चीन लगायतका देशबाट कम्युनिज्म पतन भएर जाने छ । सर्वसत्तावाद र हैकम लाद्ने सपना बुन्ने कम्युनिष्टहरू अब प्रजातन्त्रको छहारीमा आउनेछन्, भन्नुभयो ।

यसैबीच कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले यसअघिको निर्वाचनका वाचा एकीकृत माओवादीले पूरा नगरेकाले जनता फेरि कांग्रेसतर्फ फकिएको बताउनुभएको छ ।

चुनावप्रसार प्रसारका क्रममा कैलालीको क्षेत्र नं. ३ मा पर्ने भजनीमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सुदुरपश्चिममा विकासको लहर कांग्रेसले ल्याएको दावी गर्नु भयो । उहाले अन्य पार्टीका प्रधानमन्त्री भएका बेला सुदुरपश्चिमले केही नपाएको भन्दै कांग्रेसले वहुमत पाए फेरी विकासको अभियान चलाउने बताउनुभयो ।

कर्णाली पारीका २२ वटा पुल आफूले निर्माण गरेको जानकारी दिदै कांग्रेसका बरिष्ठ नेता देउवाले अवको कार्यकालमा पश्चिम सेती निर्माण गरिछाड्ने अठोट व्यक्त गर्नुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य मोहनराज मल्ल र जिविस कैलालीका पूर्वउपसभापति सूर्यबहादुर मल्ल, माओवादीका पूर्वलडाकुहरूसहित झन्डै १७ सयजना नेपाली कांग्रेसमा प्रवेश गरेको प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

यसअघि आजै मुक्तकमैयाहरूलाई भेट्न कैलालीका विभिन्न मुक्तकमैया शिविरहरूमा पुग्नु भएका नेता देउवाले कांग्रेसले वहुमत पाए मुक्त कमैयाहरूलाई पुर्नस्थापना गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
कांग्रेसकै पालामा दासताको जन्जीरबाट मुक्त गरिएका कमैयाहरूलाई कांग्रेसले नै व्यवस्थापन र पुर्नस्थापन गर्ने बताउनुभयो । देउवाले कांग्रेसको सरकार बनेमा मुक्त कमैयाहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था सहित पुर्नस्थापना गर्ने वाचा गर्नुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.