पछिल्ला सामग्री :
बाल अनुगमन समिति गठन

तेह्रथुम/ संविधानसभाको चुनाव नजिकिँदै जाँदा जिल्ला बाल कल्याण समितिले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोगको अनुगमन गर्न समिति गठन गरेको छ ।

मानव अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि रहने गरी ६ सदस्यीय समिति बनाइएको जिल्ला बाल कल्याण समिति संयोजक किशोरचन्द्र दुलालले जानकारी दिए । समितिको संयोजकमा डिकबहादुर कार्की र सदस्यमा उत्तम पोख्रेल, श्रीलक्ष्मी श्रेष्ठ, निर्मला बस्नेत, सीता भण्डारी र धना तामाङ छन् । समितिले दलले बालबालिकाको प्रयोग भए, नभएको अनुगमन गर्ने संयोजक कार्कीले बताए ।

जिल्ला बाल कल्याण समितिले चुनावी प्रचारप्रसार तथा राजनीतिसँग सम्बन्धित कुनै कार्यक्रममा बालबालिकाको प्रयोग गर्दा बाल अधिकार हनन हुने भन्दै प्रयोग नगर्न आग्रहसमेत गरेको छ । मतदान गर्न उमेर नपुगेका बालबालिकाको प्रयोगले दुर्घटना बढाउने भएकाले बालबालिकाको प्रयोग नगर्न आग्रह गरिएको अध्यक्ष दुलालले बताए ।

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.