मदिरा बेचबिखनमा रोक
मान्म/ कालिकोट जिल्लामा मदिरा बेचबिखनमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक २९ देखि गतेदेखि संविधानसभाको परिणाम नआउन्जेलसम्मका लागि पूर्ण रूपमा मदिरा बिक्री–वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायको रोहबरमा मदिरा बिक्री–वितरणमा रोक लगाउने निर्णय भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी किश्वरकुमार चौधरीले पत्रकार भेटघाट कार्यक्रममार्फत मदिरा बिक्री–वितरणमा रोक लगाउने सहमतिअनुसार निर्णय कार्यान्वयन हुने बताउनुभयो ।
दुई महिनाअघिदेखि मदिराको बिक्री–वितरणमा कडा निगरानी राख्दै कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले पछिल्लो चरणमा अवैध रुपमा बिक्री–वितरणका लागि रोक लगाई इजाजत लिएर मात्र बिक्री गर्न निर्देशन दिएको थियो ।
कालीकोटका ग्रामीण इलाकामा अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री–वितरण गरेका स्थानीय व्यापारीहरुले अहिले पसल दर्ताको क्रम बढाएको बताइएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.