वेस्टइन्डिजविरुद्ध भारतको फराकिलो जित
एजेन्सी/ वेस्टइन्डिजविरुद्धको पहिलो टेस्टमा भारतले फराकिलो जित हात पारेको छ ।
कोलकतामा पहिलो टेस्टको तेस्रो दिनमै भारत १ इनिङ र ५१ रनले बिजयी भयो । वेष्टइण्डिजको दोस्रो पारी एक सय ६८ रनमा समेटिएपछि भारतले फराकिलो जित हात पारेको हो । जित संगै २ टेस्टको श्रृंखलामा भारतले १–० अग्रता लिएको छ ।
भारतको जितमा पहिलो पटक टेस्ट खेलिरहेका रोहित शर्मा र मोहम्मद सामी नायक सावित भए । पहिलो इनिङमा ४ विकेट लिएका सामीले दोस्रो इनिङमा ५ विकेट लिदै जित सहज बनाए । अघिल्लो हप्ता मात्रै एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाएका रोहित शर्माले करिअरकै पहिलो टेस्टमा १ सय ७७ रनको पारी खेलेपछि भारतले पहिलो इनिङमा ४ सय ५३ रन बनाएको थियो ।
पहिलो इनिङमा २ सय ३४ रन बनाएको वेष्टइण्डिजको ब्याटिङ दोस्रो इनिङमा सस्तैमा समेटिएपछि तेस्रो दिनमै भारतको जित सम्भव भएको हो । भारतका लागि रविचन्द्र आश्वीनले पनि शतकीय पारी खेल्दै १ सय २४ रन बनाएका थिए ।
२ टेस्ट का लागि भारत भ्रमणमा रहेको वेष्टइण्डिजविरुद्धको दोस्रो खेल भारतका स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरको सक्रिय खेलजीवनको अन्तिम खेल हुनेछ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.