नासिदलाई हराउँदै यामिन विजयी
एजेन्सी/ माल्दिभ्समा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति मोहम्मद नासिदलाई पराजित गर्दै अब्दुल्ला यामिन विजयी भएका छन् ।
त्यहाँका निर्वाचन अधिकारीहरूका अनुसार यामिनले ५१ दशमलब ३ प्रतिशत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नासिदले ४८ दशमलव ६ प्रतिशत भोट प्राप्त गरेका छन् । यसअघि नासिदले चुनाव जित्ने आँकलन गरिएको थियो ।
यसअघि सम्पन्न भएको निर्वाचनमा नासिदले ४७ प्रतिशत मत प्राप्त गरी विजयी हाँसिल गरे पनि न्यूनतम ५० प्रतिशत मत ल्याउनुपर्ने नियमका कारण उक्त निर्वाचनलाई मान्यता दिइएको थिएन । नवनिर्वाचित राष्ट्रपति यामिन भने माल्दिभ्सका पूर्वतानशाही शासक मौमुन अब्दुल ग्याउमका भाइ हुन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.