पछिल्ला सामग्री :
‘निर्वाचनको सबै तयारी पूरा भयो’

काठमाडौं/ सरकारले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोग र सरकारका तर्फबाट गर्नुपर्ने सुरक्षालगायत अन्य सम्पूर्ण तयारी पूरा भइसकेको सरकारले जनाएको हो ।

रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै गृहमन्त्री माधवप्रसाद घिमिरेले सम्पूर्ण तयारी पूरा भइसकेकाले मतदाता, राजनीतिक दल, उम्मेदवार, पर्यवक्षकलगायतले सम्पूर्ण पक्षलाई निर्वाचन सफल पार्न आग्रह गर्नुभएको छ । सुरक्षा व्यवस्था मजबुत भएकाले निर्धक्क भएर मतदान गर्न घिमिरेले आह्वान गर्नुभयो ।

निर्वाचन बहिष्कारका नामका भइरहको आपराधिक घटनामा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याइ छाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । आमजनजीवनलाई आतंकित पार्ने, निर्वाचनविरुद्ध सन्त्रास फैलाउने कसैलाई पनि सरकारले नछाड्ने घिमिरेको भनाइ छ ।

यसैबीच निर्वाचन आयोगले पनि आसन्न संविधानसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मतदानका लागि चाहिने सम्पूर्ण निर्वाचन सामग्री, मतदान केन्द्रको सुरक्षा व्यवस्थालगायतका सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

४ मंसिरमा हुने संविधानसभाको निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार आठ सय ६५ मतदाताले मतदान गर्नेछन् ।
 
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.