पछिल्ला सामग्री :
उमेश बने कतार डान्सीङ्ग नेपाली राईजिङ्ग स्टार (फोटो फिचरसहित)

· धरानकी रिना र नबलपरासीका अमृत दोस्रो र तेस्रो
भोला थापा क्षेत्री, दोहा (कतार)/ “कला र संस्कृतिको उत्थान गरौा, नेपाल र नेपालीको पहिचान गराऔा” भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको मितेरी फिल्मस् सांस्कृतिक समुह कतारद्धारा आयोजना गरिएको कतार डान्सीङ्ग नेपाली राईजिङ्ग स्टार खुल्ला नृत्य प्रतियोगिता २०७० को ग्राण्ड फिनालेमा कंचनपुरका उमेश राज भट्ट कतार डान्सीङ्ग नेपाली राईजिङ्ग स्टार भएका छन ।

उनी प्रतियोगीतामा अन्तिम चरणका ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कतार डान्सीङ्ग नेपाली राईजिङ्ग स्टार बन्न सफल भएका हुन । राईजीङ स्टार भट्टले हर्षित हुदौ आफ्नो जिवनको पहिलो सफलता रहेको बताउदै आफुमा अझ जोस जागर बढेको सुनाए भट्ट विगत ६ महिना देखी कतारमा कार्यरत छन ।

भट्टको भोटिङ्ग नम्वर १० रहेको थियो । उनले ७९.३ प्रतिशत मत ल्याएका थिए । २३ वर्षे अविवाहित उनले आफुलाई भन्दा यो खुसी आफ्नी कतारमा भएकी प्रेमीकालाई भएको बताए । भट्ट नेपालमा छदा पनि सांगितीक संघ सस्थाहरुमा आफ्नो नृत्य प्रस्तुत गरेको बताए ।

प्रतिस्पर्धाकै क्रममा धरानकी रिना शेर्पाले दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन् । भोटीङ्ग नम्बर (१७) भएकी शेर्पाले ७७Þ.७ मत ल्याएर दोस्रो स्थान हासिल गरेकी हुन् । विगत १ वर्ष देखी कतारमा कार्यरत उनी मितेरी सांस्कृतिक समुहमा पनि आबद्ध छिन् । २४ वर्षीय अविवाहित शेर्पाले आफुले जिवनमा नसोचेको उपलव्धी हासिल गरेको बताइन । उनले भनिन् मेरो आज खुसीले सिमा छैन म जिवनमा पहिलो पल्ट यहाा सम्म आउन सफल भएा । नेपालमा छदा कलाकारीताको क्षेत्रमा आवद्ध नरहेता पनि कतार आए लगत्तै सांगितीक संघ सस्थामा आवद्ध भएकाले र आफ्नो कार्यबाट वचेको समयलाई कलाकारिता क्षेत्रमा सदुपयोग गरेकाले सफलता हात पारेको बताइन् । जितको श्रेय मितेरी फिल्म्स रहेको बताउदै आफुलाई बिजयी बनाउने सबलाई धन्यवाद समेत व्यक्त गरिन् ।

भोटीङ नम्बर (२६) रहेका नवलपरासी रजरका अमृत कुमार राना मगरले ७३.Þ५ भोट ल्याएर तृतिय स्थान हासिल गर्न सफल भएका छन । मगरले आफुले जितको कुनै खुसी नरहेको बताउदै मगरले मलाई आजको दिन खुसी पनि छैन दुखी पनि छैन म कुनै प्रतिकृया दिन समेत ईच्छुक नरहेको बताएका थिए ।

उर्मिला सान्त्वना
भोटीङ नम्बर (२५) झापाकी उर्मिला राईले ७३.१ मत ल्याई सान्त्वना स्थान हासिल गर्न सफल भएकी छिन । उर्मिला नेपाली महिला समाज दोहा कतारकी सदस्य पनि हुन ।

कार्यक्रममा क्रमसं प्रथम द्धितिया , तृतियालाई प्रमुख अतिथी विषेश अतिथी र कार्यक्रम सभापतीले प्रमाण पत्र, नगद पुरस्कार तथा कप हस्तान्तरण गरेका थिए । सान्त्वना पुरस्कार भने संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति सुमन भारतीले प्रमाण पत्र तथा नगद पुरस्कार नेपाली महिला समाज दोहा कतारकी अध्यक्ष रेखा राईलाई हस्तान्तरण गरेका थिए ।

औपचारिक कार्यक्रम सन्चालन सस्थाका पुर्व महा–सचिव राज देवकोटाले गरेको उक्त कार्यक्रममा सभापति प्रमुख अतिथि, बिशेष अतिथिहरुबाट ब्यानर उद्घाटन, दीप प्रज्वलन सगै उपस्थित सम्पुर्णले राष्ट्रिय गित गाएका थिए भने सस्थाका उपाध्यक्ष रित कुमार श्रेष्ठले स्वागत मंतव्य राखेका थिए । कलाकार मिना श्रेष्ठ र नेहा लामाले जोडदार स्वागत नृत्य गरी स्वागत गरे भने अन्य कलाकारहरुले रातो र चन्द्र सुर्य बोलको गित गाएर दर्शकलाई स्वागत गरेका थिए ।

नेपालबाट कार्यक्रमका लागी निम्त्याएका नारायणी कला केन्द्रका नृत्य निर्देशक किरण गुरुङले भने मुटु भरि वोकेर गाउको प्यार वोलको गितमा नृत्य प्रस्तुत गरेर माहोललाई तताएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सुमन भारतीको सभापतित्व रहेको थियो भने समाजका अगुवा सागर नेपाल प्रमुख अतिथीमा रहेका थिए । साथै विषेश अतिथीहरुमा सस्थाका संरक्षक होम नाथ पौडेल , एनआरएन ए एन सिसि कतारका उपाध्यक्ष सुक बहादुर तामाङ, जनसम्पर्क समिती कतारका सभापति विमल सुवेदी , लोकतान्त्रिक मंचका भुपु अध्यक्ष रामहरी गह्रे, मोरङ सुनसरी सेवा समाजका प्रतिनिधी खगेन्द्र कार्की, पत्रकार महासंघ कतार शाखाका सचिव दिपक पुडासैनी , समाज सेवी तथा व्यवसायी नेरेन्द्र सेन ठकुरी , महिला समाज दोहा कतारकी अध्यक्ष रेखा राई लगायत विभिन्न संघ सस्थाहरुका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी सागर नेपालले कार्यक्रमको सफलता पुर्वक सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिदै नेपालको कला सस्कृतीको जर्गेनाको लागी प्रवासमा निरन्तर रुपमा लागि परेको बताए । उहाले सबै प्रतिष्पर्धी कलाकारहरुले नेपाली पहिचानलाई यहाा सम्म आएर सबै सामु प्रस्तुत गर्नु भयो उहााहरु सबै धन्यावादको पात्र भएको र सबैले जितेको बताए । हामीले प्रवासमा आएर पनि विभिन्न कला सस्कृती हेर्न पाएका छौ हाम्रो लागी सबै जनालेनै जित्नु भएको छ । प्रथम द्धितिया र तृतियलाई भएका कलाकार भाई बैनीले आजको यो जितेको सफलतालाई घमण्डमा परिणत नगरीे नेपाली सस्कृतीलाई अझ उच्च स्थानमा परिणत गरुन भन्ने शुभकामना दिए । आज जस्ले पहिलो दोस्रो तेस्रो हुन सक्नु भएको छैन कुनै यस्तो महसुस नगर्नुहोला तपाईहरु हुनुन्छ र नेपालको कलासस्कृती जोगीएको बताउदै तपाईहरु निराश भएको अबस्थामा नेपाली कला सस्कृती हराउन सक्छ भन्दै कार्यक्रम सफल र भव्य तरिकाले समापन भएकोमा आयोजक टिमलाई हृदय देखी धन्यावाद गर्दै जुन प्रथम स्थाल हासिल गर्नु भएका भट्टलाई कतारमा एउटा नेपाली सांस्कृतीको पहिचान र उच्च स्थानमा ईज्जत राख्न सकुन भन्ने शुभकामना प्रकट गरेका थिए ।

को– को थिए मत गणनमा ?
कार्यक्रममा मत गणनामा कतारमा रहेका नव निर्माता तथा व्यवसायी निराजन भण्डारी, महिला समाज सेवी नानु नेपाल, नेपाली कलाकार मंच दोहा शाखाका उपाध्यक्ष तथा निर्देशक भुवेन्द्र तामाङ, व्यावसायी तथा समाज सेवी कमल घिमीरे रहेका थिए ।

को को थिए निर्णयक मंण्डलमा?
कार्यक्रमको निर्णयक मण्डलमा संस्थाले नेपालबाट कार्यक्रमका लागी निम्त्याएका नारायणी कला केन्द्रका नृत्य निर्देशक किरण गुरुङ, कतारमानै कार्यरत निर्देशक प्रबिण राई,नेपाली कलाकेन्द्रका नृत्य निर्देशक भुपेन्द्र रिखाम मगर रहेका थिए ।

संघ–सस्थाहरुको विषेश सहयोग
कार्यक्रममा एमजिएच ग्लोबल, आरम्भ नाट्य डबली, चितबन युवा समुह , अन्तर्राष्ट्यि कलाकार मन्च, सन्ध्या ग्रुप अल्खोर कतार, तामाङ सास्कृतिक कलाकेन्द्र, मोरङ सुनसरी सेवा समाज , मकवानपुर मिलन केन्द्र, केशबटार सेवा समाज, तनहुा सेवा समाज, र नेपाली महिला समाज दोहा कतार, तमु समाज कतार लगायत विभिन्न नेपाली समाजिक संघ सस्थाहरुले विशेष सहयोग गरेका थिए ।

निर्णयकलाई कदर पत्र
सस्थाले उक्त कार्यक्रम विच गत १३ सेप्टेम्बर देखी हाल सम्म कार्यक्रमलाई सफल बनाउन निस्वार्थ भावनाले दिन रात खटिएका निर्णकहरु नेपालबाट कार्यक्रमका लागी निम्त्याएका नारायणी कला केन्द्रका नृत्य निर्देशक किरण गुरुङ, कतारमानै कार्यरत निर्देशक प्रबिण राई,नेपाली कला केन्द्रका नृत्य निर्देशक भुपेन्द्र रिखाम मगर लाई कार्यक्रम प्रमुख अतिथी सभापति , र विषेश अतिथीले कदर पत्र प्रदान गरेका थिए ।

सर्वउत्कृष्ट कलाकारलाई प्रमाण पत्र
सस्थाले सर्वउत्कृष्ट टप टेनमा पर्ने कलाकारहरुलाई सस्थाले प्रमाण पत्र प्रदान गरेको छ । जसमा क्रमस: निसान्त दर्जी, रिना शेर्पा, उर्मिला राई, शर्मिला गौतम, दिपक मगर किरण लामा , विक्रम बुढाथोकी, उमेश राज भट्ट, अमृत कुमार राना मगर र रोहन लिम्बुलाई सभापती प्रमुख अतिथी बाट प्रमाण पत्र हस्तन्त्ररण गरिएको थियो ।


किरण आएनन्
कतार डान्सीङ्ग नेपाली राईजिङ्ग स्टार बन्ने ठुलो सपना वोकेर सुरु देखी टप टेन सम्म आउन सफल भएका जनकपुरका डान्सर किरण लामा भने ग्राण्ड फिनालेमा आफु अस्वास्थ रहेको जनाउदै कार्यक्रममा उपस्थित भएका थिएनन् कार्यक्रममा १० जना मध्य ९ जना कलाकारको प्रतिस्पर्धा रहेको थियो ।

लोक दोहोरीले माहोल ततायो
कार्यक्रममा कतारका स्थानिय नेपाली कलाकारहरुले आफ्नो प्रस्तुतीले उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेका थिए । लोक दोहोरी गायक रित कुमार श्रेष्ठ, गायिका ईन्दीरा शाही , लोक दोहोरी गायक मधुसुधन डाागी , लोक दोहोरी गायक दिल कुमार परियर, र गायक विजय राणा लगायत दर्जनौ कलाकारहरुले आफ्नो प्रतिभा देखाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रवेश शुल्क करि २५ राखिएको उक्त कार्यक्रमा करिब १५० भन्दा वढी कलाकार,समाजसेवीहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थित रहेको थियो । प्रतिस्पधीहरुलाई दर्शकहरुको (२५ प्रतिशत) निर्णयकको (७५ प्रतिशत) भोट छुट्याईको थियो ।

अनौपचारिक कार्यक्रमको सन्चालन संस्थाका भुपु अध्यक्ष अमित वाराइलीले गरेका थिए । ईष्ट बेस्ट रेष्टुरेण्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रम दिनको १ वजे देखी वेलुकी ८ बजे सम्म सञ्चालन भएको थियो । कार्यक्रमको समापनका क्रममा मन्तव्य व्यक्त गर्दै संस्थाका अध्यक्ष सुमन भारतीले ग्राण्ड फिनालेमा सफल हुने कलाकारलाई शुभकामना तथा प्रगतिको कामना व्यक्त गरेका थिए । कार्यक्रमको सफलताका लागि सहयोगी सबै संघ संस्थाहरु संग कृतज्ञता व्यक्त गर्दै सबै संघ संस्थाहरु संग हातेमालो गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस्तो छ राईजिङ्ग स्टार उमेश राज भट्टको नृत्य



Other Photos

IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.