पछिल्ला सामग्री :
यी हुन् सय कम मतान्तरमा पराजित हुने

काठमाडौं/ महिनौँदेखिको खटाई र लाखौँ रुपैयाँको खर्च गरेर लडेको चुनावमा पराजित हुनुपर्दा कुनचाहिँ नेताको मन अमिलो नहोला ? झन् सनसनीपूर्ण मतगणनामा झिनो अन्तरले पराजित हुनुपर्दाको पीडा सायद उम्मेदवारलाई मात्रै थाहा होला । यसपटकको संविधानसभा चुनावमा एक सयभन्दा कम मतअन्तरले पराजित भएका यी उम्मेदवारहरूले सायद यस्तै पीडाबोध गरिरहेको हुनुपर्छ ।

मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गयानन्द मण्डलले एकीकृत माओवादीका शिवकुमार मण्डलबाट आठ मतले पराजित हुनुपर्‍यो । कांग्रेस उम्मेदवार गयानन्द मण्डलले नौ हजार तीन सय ५२ मत प्राप्त गर्नुभयो भने एकीकृत माओवादीका शिवकुमार मण्डलले नौ हजार तीन सय ६० मत प्राप्त गर्नुभयो ।

मुस्ताङका कांग्रेस उम्मेदवार रोमी गौचन र स्वतन्त्र उम्मेदवार ओमप्रसाद तुलाचनबीच पनि मात्र २० मतको अन्तर रह्यो । कांग्रेस उम्मेदवार गौचनले १४ हजार २४ मत ल्याएर विजयी हुनुभयो भने उहाँभन्दा २० मत कम ल्याउनुभएका स्वतन्त्र उम्मेदवार तुलाचनले पराजयको पीडा महसुस गर्नुपर्‍यो ।

यस्तै उदयपुर क्षेत्र नम्बर २ की एमाले उम्मेदवार मञ्जु चौधरीले कांग्रेसकी उम्मेदवार प्रमिला राईलाई मात्र २३ मतले पराजित गर्नुभएको छ । एमाले उम्मेदवार चौधरीले सात हजार पाँच सय ३४ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार राईले सात हजार पाँच सय ११ मत पाउनुभयो ।

पर्वत क्षेत्र नम्बर २ मा विजयी एमाले उम्मेदवार विकास लम्साल र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नवराज गुरुङबीच पनि मात्र २८ मतको अन्तर छ । एमाले उम्मेदवार लम्सालले ११ हजार एक सय ४१ मत ल्याउनुभयो भने कांग्रेस उम्मेदवार गुरुङका लागि मात्र २८ मत कम अर्थात् ११ हजार एक सय १३ मत ल्याएर पनि सँविधानसभामा जाने बाटो रोकियो ।

यस्तै पाल्पा क्षेत्र नम्बर २ मा विजयी एमाले उम्मेदवार सोमप्रसाद पाण्डेको पनि निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर राणासँग मात्र ९५ मतको अन्तर छ । पाण्डेले १३ हजार एक सय ९३ मत ल्याउनुभयो भने कांग्रेसका उम्मेदवार राणाको १३ हजार ९८ मत रहेको छ ।


IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.