पछिल्ला सामग्री :
नेपालको दोस्रो हार, दुई खेल जित्नैपर्ने दबाब


काठमाडौं / आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले दोस्रो पराजय बेहोरेको छ । नेपाल बुधबार भएको खेलमा नेदरल्यान्डसँग ५ विकेटले पराजित भएको छ ।
राजयसँगै प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल तेस्रो स्थानमा झरेको छ । नेपालको ५ खेलबाट ६ अंक छ । नेपाललाई पराजित गर्दै समान खेलबाट सर्वाधिक ८ अंक जोडेको नेदरल्यान्ड भने शीर्ष स्थानमै यथावत् छ ।

नेपाललाई दोस्रो स्थानमा अफगानिस्तानले उछिनेको हो । एक खेल कम खेलेको अफगानिस्तानको ६ अंक छ । रनरेटमा राम्रो भएपछि अफगानिस्तानले दोस्रो स्थानमा रहेको नेपाललाई उछिन्यो । नेपालले यसअघि डेनमार्क, केन्या र पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

नेस्कटल्यान्डसँग भने पराजित भएको थियो । नेदरल्यान्डसँगको हारसँगै नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न अब बाँकी दुई खेलमा जित हात पार्नुपर्ने दबाब बढेको छ । नेपालले शुक्रबार अफगानिस्तान तथा शनिबार बर्मुडासँग खेल्नेछ । टी–२० क्रिकेटमा नेदरल्यान्डविरुद्ध नेपालको यो दोस्रो पराजय हो । ०६८ चैतमा युएईमै भएको विश्वकप छनोट प्रतियोगितामै नेपाल नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।
नेदरल्यान्डविरुद्ध नेपालले गतिलो ब्याटिङ प्रदर्शन गर्न सकेन । दुबईको सारजहाँ क्रिकेट रंगशालामा टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०७ रन मात्र जोड्यो । नेदरल्यान्डविरुद्ध कुनै पनि नेपाली ब्याट्सम्यान चल्न सकेनन् ।
नेपालले नेदरल्यान्डविरुद्ध अघिल्लो तीन ओभरमा सन्तोषजनक ब्याटिङ प्रदर्शन गरेको थियो । पहिलो ओभरमा ६ रन जोडेको नेपालले दोस्रो ओभरमा ८ रन तथा तेस्रो ओभरमा ९ रन लिएको थियो । नेपालले तेस्रो ओभरको अन्त्यमा एक विकेट गुमाएर २६ रन जोड्यो ।
प्रत्युत्तरमा नेदरल्यान्डले १६.२ ओभरमा ५ विकेट खर्चेर लक्ष्य पार गर्‍यो । नेदरल्यान्डका लागि स्टेफन मिबर्घले सर्वाधिक ३१ रन जोडे । इरिक स्जस्जिस्न्की २१ रनमा नट आउट रहे । इरिकले २८ बलमा १ चौका प्रहार गरेका थिए ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.