‘संविधानमा बाल अधिकारको व्यवस्था गर्नुपर्छ’
काठमाडौं/ अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित कार्यक्रममा सहभागीले अब बन्ने संविधानमा बाल अधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । हरेक वर्ष नोभेम्बर २० लाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका रूपमा मनाउने चलन छ ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले गर्भधारण गर्ने महिलाको गर्भमा छोरा वा छोरी के हो भन्ने जााच गर्ने प्रचलन बढ्दै गएको चर्चा गर्दै समाज गर्भपतनको विरोधी नभए पनि गर्भमै बाल हत्या गर्न हुादैन भन्ने पक्षमा रहेको बताए । उनले समाजबाट हिंसा अन्त्य गर्न अभियान सुरु गरिएको पनि बताए ।
यस्तै कार्यक्रममा एन प्याब्सनका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले विद्यार्थीलाई सरकारले परम्परागत शिक्षा दिन छाडेर नयाा ढंगको वैज्ञानिक शिक्षा दिनुपर्ने बताए । प्याब्सनका उपाध्यक्ष सानु अमात्यले बालबालिकालाई ‘राइट टु चुज’ अधिकार दिइनुपर्ने औाल्याए । त्यस्तै एन प्याब्सनकी अध्यक्ष गीता रानाले बाल अधिकारप्रति सरकार र राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिइन ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.