निर्वाचनमा ६ हजार बालबालिकाको प्रयोग
काठमाडौं/ निर्वाचनका लागि राजनीतिक दलहरूले अहिलेसम्म देशभरमा ६ हजारभन्दा बढी बालबालिकाको प्रयोग गरेको पाइएको छ ।
देशभरका ५० जिल्लामा केन्द्रीय बालकल्याण समितिले गरेको अनुगमनका क्रममा ६ हजारभन्दा बढी बालबालिका प्रयोग गरिएको पाइएको समितिले जनाएको छ । समितिको कार्यालय ललितपुरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक तारक धितालले धेरै ठाउँमा समितिको पहुँच नपुगेकाले बालबालिकाको प्रयोग अझै धेरै भएको हुनसक्ने तर्क गर्नुभयो ।
उहाँले दलहरूका हिंसात्मक गतिविधिमा परेर ताप्लेजुङ र रुकुममा गरी दुईजना बालबालिका घाइते भएको र तीनवटा विद्यालयमा बम राखिएको जानकारी दिनुभयो । निर्वाचनका क्रममा बालबालिकाहरूलाई अधिकांश ठाउँमा र्याली, जुलुस र कार्यक्रमहरूमा प्रयोग गर्ने गरिएको, कलाकारका रूपमा, सामान ओसार्ने कामदारका रूपमा र पोस्टर टाँस्ने काममा पनि प्रयोग गरिएको कार्यकारी निर्देशक धितालले बताउनुभयो ।
आचारसंहिताविपरीत बालबालिकाहरूलाई प्रयोग एमाओवादी कांग्रेस, एमालेसहित अन्य साना दलहरूले गरेको पाइएको समितिद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । आचारसंहिता उल्लंघन गरेर बालबालिकाहरूलाई निर्वाचनमा प्रयोग गरेकाहरूविरुद्ध निर्वाचन आयोगमा केही उजुरीहरू परेको, केहीमाथि स्पष्टीकरण सोधिएको र आगामी दिनमा बालबालिकालाई प्रयोग नगर्न चेतावनी दिइएको छ ।
चेतावनी दिँदा पनि नमानेमा एक लाख रुपैयाँसम्मको दण्ड जरिवाना र उम्मेदवारी रद्दसमेत गर्न सक्ने कानुनी व्यवस्था छ । यस्तै विद्यालयहरूमा चुनावी कार्यक्रमहरू गर्न नपाइने भए पनि केही विद्यालयमा चुनावी कार्यक्रमहरू भएका र केही ठाउँमा बालअधिकारवादीहरूको उजुरीका कारण स्थगित गरिएको समितिले जनाएको छ । साथै शिक्षकहरू दलहरूका कार्यक्रमहरूमा सहभागी हुँदा पढाइ–लेखाइमा असर परेकोप्रति समितिले आपत्ति जनाएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.