पछिल्ला सामग्री :
डिसीमा नेपाल संवत, म्हपुजा तथा भिन्तुना एकसाथ

विजय  थापा, भर्जिनिया/ अमेरिकाको डिसी महानगर क्षेत्रमा बाईस बर्षअगाडी नेवारी समुदायको संस्कृति ,परम्परालाई सम्बर्धन तथा प्रबर्धन गर्न स्थापना भएको नेपा पास पुचः अमेरिके ले बाईसौ बार्षिक सभा तथा नेपाल सम्बत ११३४ धुमधाम साथ मनाएको छ l

यस बर्षको नेपाल सम्बत ११३४ लाई अझ ओजस्वी बनाउने हेतुले ''नेवाः समुदायको संस्कृति परम्पराको चौतारी '' भन्ने नारा राखिदै म्हपुजा तथा भिन्तुना नेवारी तथा नेपाली समुदायकोउपस्थितिमा सफलताको साथ सम्पन्न भएको छ l

म्यारिल्याण्डको एक बिद्यालयमा सम्पन्न उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,अतिथि तथा आमन्त्रित समुदायको बाक्लो उपस्थिति रहेको थियो l
 
डा शंकर प्रसाद शर्माले मन्तब्य राख्दै संस्कृति तथा परम्परा सम्बर्धन तथा प्रबर्धनमा को नेपा पास पुचः अमेरिकेको भूमिका अत्यन्तै सराहनीय रहेको बताउनु भयो l अगाडी थप बोल्दै नेपालको कला ,संस्कृति तथा परम्परालाई बिदेशी माटोमा पनि प्रचार प्रसार गरेकोमा हर्ष व्यक्त गर्दै शुभकामना तथा बधाई दिएका थिए lमहा बाणिज्य दुत प्रेम राजा महतले डिसी महानगर क्षेत्रमा स्थापना भएका दुई नेवारी संस्था बीच एकता हुनु पर्ने कुरामा जोड दिदै बिगतमा पनि महतले यसरि नै एकताको समुदायलाई संदेश दिदै आएका थिए l

कार्यक्रम नेवारी परम्परागत समय बजी ,भोये (बसी -रात्री भोजन )तथा बिबिध सांस्कृतिक कार्यक्रम बिभिन्न स्थानीय कलाकार तथा बाल बालिकाले प्रस्तुत गरेका थिए भने भने संस्थाले प्रकाशित गरेको 'दबु ' नामक सूचना पत्र पनि आजीवन सदस्य तथा बिज्ञापन प्रदान गर्ने लाई वितरण गरिएको थियो l

कार्यक्रम लक्ष्मण प्रधानको अधक्ष्यतामा भएको थियो भने उनले सबैलाई स्वागत गर्दै हामी जहाँ गए पनि समुदाय प्रति जिम्मेबारी हुनु पर्छ भनेका थिए l र ,बर्ष भरि उल्लेखनीय सेवा तथा अतुलनीय काम गर्ने सदस्यहरुलाई पनि हौसला प्रदान गर्न प्रसंशा पत्र प्रदान गर्दै भने संस्थाको बाइसौ औ बार्षिक सभामा श्रीमती सरोज प्रजापतिको सभापतित्वमा पांच सदस्यीय कार्यकारी समितिको गठन गरिएको घोषणा गरिएको थियो l र, नव निर्वाचित सभापति प्रजापतिले समुदायको सहयोगको अपेक्षा गर्दै धन्यबाद दिएकी थिइन् l
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.