पछिल्ला सामग्री :
जन्मदिनमा वृद्धवृद्धाको सेवा

काठमाडौं/ काठमाडौँको जगतमन्दिर उमावि तथा कस्मोपोलिटन कलेजकी संस्थापक प्रिन्सिपल बिनु माथेमाले वृद्धवृद्धाको सेवा गरेर आफ्नो जन्मदिन मनाएकी छन् ।

आइतबार शान्तिनगरस्थित नि:सहाय सेवा सदनमा आयोजित एक कार्यक्रममा उनले ४४ जना वृद्धवृद्धालाई तातो कपडा वितरणसँगै खाना खुवाएर जन्मदिन मनाइन् । प्रत्येक वर्ष कुनै न कुनै सामाजिक काम गरेर जन्मदिन मनाउँदै आएकी उनले बुढा बुवाआमासँग रमाएर जन्मदिन मनाउन पाएकोमा खुसी भएको बताइन् ।

‘सेवाको अपेक्षामा बसेका बुवाआमालाई वर्षमा एक दिन भए पनि भेट्न पाउँदा आनन्द मिल्छ । आफैँले मोजमस्ती गरेर जन्मदिन मनाउँदा यति खुसी कहाँ मिल्थ्यो ?,’ माथेमाले सन्तुष्टि व्यक्त गरिन् । सो नि:सहाय सदनमा हाल ३८ जना आमा तथा ६ जना बुबा बस्दै आएका छन् ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.