पछिल्ला सामग्री :
‘कांग्रेसलाई बहुमत दिलाउने अभियान’

काठमाडौं/ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले देश विकास र राजनीतिक निकास दिएर लोकतान्त्रिक संविधान बनाउने कामको नेतृत्व कांग्रेसलनै गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को देवघाटमा सोमबार आयोजित चुनावीसभामा उपसभापति पौडेलले देशव्यापी रूपमा चुनावी लहर कांग्रेसको पक्षमा आएको बताउँदै यो लहरलाई मतमा परिणत गरेर संविधान बनाउने कामको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

सभामा केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि कांग्रेसको पक्षमा देखिएको लहरका कारण अन्य दलहरू अत्तालिएको बताउँदै कांग्रेसका नेता कार्यकर्ताहरू एक भएर चुनावमा जानुपर्ने बताउनुभयो ।

यसैबीच उपसभापति पौडेल आफ्नो देवघाटको कार्यक्रम सकेपछि सोमबारै सोलुखुम्बुको चुनावीसभामा भाग लिन त्यसतर्फ जानुभएको उपसभापति पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रका सबै क्षेत्रमा पुगेर जनताको समस्या पीरमर्का बुझेर घरदैलो एवं चुनावी कार्यक्रम गरेर छिमेकी जिल्लाका निर्वाचन क्षेत्रका चुनावी सभा समेत सकेर उपसभापति पौडेल सोमबारबाट देशव्यापी चुनावी दौडाहामा निस्कनुभएको हो । शनिबार मात्रै तनहुँ र कास्कीका विभिन्न सभामा सहभागी हुनुभएका पौडेले यसअघि लमजुङलगायतका जिल्लामा पुग्नुभएको थियो । 
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.