पछिल्ला सामग्री :
आफ्नै दूधको चिया बनाउने सेलिब्रेटी

आमाको दूध बच्चाको लागि सर्वोत्तम मानिन्छ । तर, एक सेलिब्रेटीले भने आफ्नो दूध बच्चाका लागि मात्र नभएर सबै परिवारका लागि प्रयोग गर्दै आएको खुलासा गरेकी छिन् ।

टेलिभिजन प्रस्तोता एवं गायिका माइलिनी क्लासले आफ्नो दूधको चिया बनाएर परिवारका सबै सदस्यलाई खुवाउने गरेको बताएकी हुन् । माइलिनीका अनुसार आफ्ना बुबाबाट उनले यो आदत सिकेकी हुन् । ‘मेरा बुबाले सधैँ आमाको दूध हालेको चिया मात्र पिउनुहुन्थ्यो,’ उनले भनेकी छिन्, ‘मैले पनि उहाँले सुरु गरेको परम्परा धानेकी छु ।’

आफ्नो शुद्ध दूध गिलासमा निचोरेर पनि परिवार तथा साथीहरूलाई खुवाउने गरेको माइलिनीको दाबी छ । ‘कम अन, यो सामान्य हो,’ उनी भन्छिन्, ‘मैले सबैलाई चाख्न लगाएकी छु । यसको स्वाद अरू जनावरको दूधभन्दा फरक हुन्छ । त्यति गुलियो हुँदैन, तर मौलिक हुन्छ ।’ पहिलोचोटि पिउँदा कसैलाई मन नपरे पनि एक–दुईचोटि पिएपछि बानी पर्ने उनी बताउँछिन् ।

‘मलाई यो कहिल्यै अनौठो लागेन । किनकि म हुर्किंदाखेरि नै बुबाले अभ्यस्त बनाइसक्नुभएको थियो, हामीलाई । अहिले हाम्रो परिवारमा सबैजनाका लागि यो सामान्य हो,’ माइलिनीले भनेकी छिन् ।
३५ वर्षीया माइलिनीका दुई छोरी पाँच र दुई वर्षका छन् । उनका बुबा ओस्कार जलसेनामा काम गर्थे ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.