पछिल्ला सामग्री :
‘खर्च बुझाऊ र टाँसेका पोस्टर हटाऊ’

काठमाडौं/ निर्वाचन आयोगले संविधानसभाको निर्वाचनमा सहभागि राजनीतिक दल र उम्मेदवारहरूलाई
प्रचार प्रसारका क्रममा टाँसको पर्चा पमप्लेटहरू हटाउन आग्रह गरेको छ ।

आयोगको आज बसेको बैठकले सम्बन्धीत क्षेत्रको प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएपछिको ६० दिन भित्रमा हटाउन आग्रह गरेको हो ।

यसैगरी आयोगले ३५ दिन भित्र निर्वाचनमा भएको सम्पुर्ण खर्चको विवरण उपलव्ध गराउन पनि आदेश दिएको छ ।

उक्त व्यवस्थाअनुसार प्रत्यक्ष तर्फका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक तर्फकाले निर्वाचन आयोगको केन्द्रिय कार्यालय कान्तिपथमा खर्चको विवरण बुझाउन आग्रह गरेको प्रबक्ता वीरबहादुर राईले जानकारी दिनुभयो ।
आचारसंहिताअनुसार प्रत्यक्षतर्फका उम्मेदवारहरूले १० लाख र समानुपातिक तर्फकाले ७५ हजार खर्चगर्न पाउने व्यवस्था रहेको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.