फर्कियो नेपाली टोली
काठमाडौं/ आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने टिकट पक्का गरेको नेपाली टोली आइतबार साँझ स्वदेश फकिएको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।
टोलीको स्वागतमा विभिन्न क्षेत्रका व्यक्तिहरू विमानस्थल पुगेका थिए । भोली देखि फेरि जर्निटु वल्डकप कार्यक्रममा सहभागि हुने टोलीलाई बुधबार मात्रै नगर परिक्रमा गराउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
युएईमा हिजो सम्पन्न प्रतियोगितामा हङकङलाई पराजित गर्दै सेमीफाइन पुगेसँगै ट्वान्टी ट्वान्टी विश्वकपमा छनौट भएको हो ।
त्यसैगरी सेमीफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि तेस्रो स्थानकालागि घरेलु टोली युएईसँग भिडेको थियो । युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल तेस्रो हुदै घर फर्किएको हो । नेपाली क्रिकेट टोलीले आउँदो आगामी पुस २९ गतेदेखि न्यूजिल्याण्डमा एकदिवसीय विश्वकप छनोट खेल्ने छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.