पछिल्ला सामग्री :
चुनाव धाँधलीरहित बनाउन माओवादीलाई नेपालको आग्रह

काठमाडौं/ नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन साथ दिन नेकपा–माओवादीलगायतको मोर्चालाई आग्रह गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र काठमाडौं २ को घरदैलो कार्यक्रमका क्रममा नेपालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने कुरामा सहयोग गर्न मोर्चालाई आग्रह गरे । ‘तपाईंहरूको माग सम्बोधन गर्दै संविधानसभामा सहभागिता सुनिश्चितताका लागि म सक्रियतापूर्वक लाग्नेछु,’ नेपालले भने ।

उनले एकदिन मतदातालाई किनेर पाँच वर्षसम्म मुलुक लुट्न चाहने नीतिलाई परास्त गर्न पनि मतदातालाई आग्रह गरे । नेता नेपालले काठमाडौं २ अन्तर्गत नरेफाँट, सूर्यकोट र पेप्सीकोलाको घरदैलोका क्रममा एमालेको लहरबाट आत्तिएर पैसा बाँड्न खोजिएको भन्दै सचेत बन्न मतदातालाई आग्रह गरे ।

एमालेको पक्षमा अभूतपूर्व लहर : पोखरेल

यस्तै, काठमाडौं ५ को युवा परिचालन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले मत किनेर चुनावी परिणाम लुट्न खोजे प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिए । एमालेले बहुमत ल्याउने देखेपछि विपक्षीहरूले मत किन्ने सम्भावना रहेकाले सचेत रहन पनि उनले निर्देशन दिए ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एमालेको पक्षमा अभूतपूर्व लहर आइरहेको दाबी गर्दै पोखरेलले आफ्नो पार्टीको अग्रतालाई कसैले रोक्न नसक्ने दाबी गरे ।

एमालेले बहुमत ल्याउँदा मात्रै मुलुकमा सामाजिक न्याय र आर्थिक रुपान्तरणको कार्यक्रम अगाडि बढ्ने उनको भनाइ थियो । लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माणका लागि एमालेको विजय अनिवार्य रहेको भन्दै पोखरेलले एमालेले बहुमत नल्याए फेरि देश अर्काे २० वर्षपछि पर्ने औँल्याए ।
पोखरेलले हाँडीगाउँ डबलीमा आयोजित सांस्कृतिकसभालाई पनि सम्बोधन गरेका थिए । त्यसअवसरमा उनले एमालेले जस्तै लोककल्याणकारी कार्यक्रम ल्याएर देखाउन विपक्षीलाई आग्रह गरे ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.